बाँके ।
कोहलपुर साझा चोकमा रहेको बिजुली पोलमा आगलागी हुँदा कोहलपुरका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
पोलमा आगो लाग्दा तारहरु जलेका कारण विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द हुन पुगेको इन्टरनेट सेवा प्रदायकले जनाएका छन् ।
मंगलबार राति करिब ८ बजे साझा चोकमा रहेको एक बिजुलीको पोलमा विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागीका कारण इन्टरनेट तथा केबुलका तारहरु जलेका थिए ।
अहिले मर्मत काम जारी रहेकोले इन्टरनेट अवरुद्ध हुन पुगेको इन्टरनेट सेवा प्रदायक कम्पनीले जनाएका छन् ।
प्रकाशित मिति : २०७९ असार २२ गते बुधबार









प्रतिक्रिया दिनुहोस्