कोहलपुर ।
नेकपा एमाले बाँकेले जनतासँग एमाले, एमालेसँगै जनता अभियान सञ्चालन गरेको छ । पार्टीको जिल्ला कमिटीको आयोजनामा एक महिने जनतासँग एमाले, एमालेसँगै जनता अभियान सञ्चालन भएको हो । उक्त अभियानअन्तर्गत बुधबारबाट नेपालगन्ज उपमहानगरमा १५ गतेदेखि ‘स्कुल पशिक्षण’ कार्यक्रम सुरु भएको छ ।
नेकपा एमाले नेपालगन्ज नगर कमिटीको व्यवस्थापनमा उक्त अभियान औपचारिकरुपमा सुरु भएको छ । परीक्षण कार्यक्रमको शुभारम्भ नेकपा एमाले बाँकेका इन्चार्ज तथा केन्द्रीय सदस्य सूर्य ढकालले गरेका थिए ।
नगर अध्यक्ष दत्त आचार्यका अनुसार अभियान नेपालगन्जका २३ वटै वडामा सञ्चालन हुनेछ । प्रत्येक वडामा कम्तिमा ४६ जनाको सहभागितामा स्कुल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । आचार्यले हरेक दिन दुईजना प्रशिक्षकले प्रशिक्षण दिने बताए ।
‘जिल्ला पार्टी कमिटीको अभियानअन्तर्गन प्रशिक्षण सुरु भएको हो । यो प्रशिक्षण नेपालगन्जका सबै वडामा सुरु हुनेछ । यसमा सहभागीहरुलाई विभिन्न सात विषयमा प्रशिक्षण दिइनेछ,’ उनले भने, ‘यो प्रशिक्षण एमालेलाई जनता र जनतालाई एमालेसँग जोड्ने कार्यक्रम हो ।’
इन्चार्ज ढकाल प्रशिक्षण कार्यक्रमका प्रशिक्षक पाँचजना केन्द्रीय सदस्यसहित पार्टीका प्रदेश र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य रहने बताउँछन् । प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीका रुपमा वडादेखि उपमहानगर पदाधिकारी तथा सदस्य रहने उनको भनाइ छ ।
बुधबारको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रूपमा केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज ढकाल, केन्द्रीय सदस्य एवम् बाँके जिल्ला सहइन्चार्ज दपीा शर्मा र केन्द्रीय सदस्य एवम् बाँके जिल्ला सहइन्चार्ज पशुपति दयाल मिश्र रहेका थिए । इन्चार्ज ढकाल भन्छन्, ‘यो प्रशिक्षण जनतासँग एमालेलाई जोड्ने अभियान हो । नेपालगन्जमा सुरु भएको छ ।
अन्य पालिकामा समेत यस्ता कार्यक्रम हुनेछ ।’ गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले बाँकेमा क्लीनस्वीप भएको थियो । स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार व्यहोरेसँगै एमालेमा जनतामा पसेको हो ।









प्रतिक्रिया दिनुहोस्