बाँकेबाट हज यात्रामा सबैभन्दा बढी जाँदै



नेपालगन्ज ।

यस वर्ष नेपालबाट हज यात्रामा सबैभन्दा बढी बाँकेबाट जान पाउने भएका छन् । नेपाल हज समितिले बुधबार यस वर्ष हजयात्राका लागि भिसा प्राप्त गर्नेहरुको संख्या निर्धारण गरेर सूचना प्रकाशन गरेको छ ।

यस वर्ष नेपालबाट जान पाउने जम्मा पाँच सय २१ जना हज यात्रीमध्ये बाँकेबाट सबैभन्दा धेरै ८५ जना छन् । यसैगरी सुनसरीबाट ७९, कपिलवस्तुबाट ७६, रुपन्देहीबाट ६१ र पर्साबाट २६ जना हजयात्रामा जान पाउने छन् ।

यसैगरी सुर्खेतबाट ६, बर्दिया र दाङबाट पाँच-पाँचजना हजयात्रामा जान पाउने छन् । बाँकेबाट हज यात्रामा जानेहरुको उडान मिति असार ७ गते तोकिएको छ भने ५ गते काठमाडौं पुगिसक्नुपर्नेछ ।

यसैगरी काठमाडौं, सिराह, सप्तरी, मोरङ, धनुषा, पूर्व र पश्चिम नवलपरासी, महोत्तरी, बारा, सर्लाही, गोरखा, झापा, दाङ, स्याङजा, अर्घाखाँची, पाल्पा, कास्की, तनहु, धनुषा, सिराहबाट हज यात्रामा जान पाउने छन् ।

मुस्लिम बहुल क्षेत्र भएकाले बाँकेबाट हजयात्रामा जानेहरु सबैभन्दा बढी भएका हुन् । देशभरिका हजयात्री पाँच चरणमा असार ६ गतेदेखि १० गतेसम्म मक्का मदीनाका लागि प्रस्थान गर्ने छन् ।

चन्द्रमाको उपस्थितिले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरी पैगम्बर मोहम्मदको जन्म स्थान (खान ए कावा) मा परिक्रमा गरी मक्काको मीना मुद्दीलफा आराफातमा पाँच दिन बसी नमाज अदा गर्ने छन् ।

त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मक्का मदीनामा पुगी १० दिन नमाज पढेपछि हज पूरा हुनेछ । हज यात्रा गरेकालाई हाजी भनिन्छ । हजयात्रीले सँगै आफ्ना श्रीमती र सहयोगीहलाई समते लाने गरेको छन् ।

यस वर्ष प्रतिहजयात्रीले चार लाख ६३ हजार बढी रकम तिरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २ गते बिहीबार