बाँके प्रहरीले भन्यो, ‘धार्मिक सहिष्णुता कायम राखौँ’



कोहलपुर ।

जिल्ला प्रहरी कार्यालय बाँकेले धार्मिक सहिष्णुता कायम राख्न अपील गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति निकाल्दै प्रहरीले पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा धार्मिक सहिष्णुतामा खलल पु¥याउने खालका गतिविधि भइरहेको भन्दै यसले कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

धार्मिक सहिष्णुतामा खलल पु¥याउने किसिमका लेख, रचना, व्यङ्गात्मक चित्रण जस्ता गतिविधि पोष्ट तथा सेयर गर्ने क्रियाकलाप बढ्दो क्रम देखिएको प्रति कार्यालयको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ध्यामकृष्ण अधिकारी साम्प्रदायिक तथा धार्मिक भावनामा खलल पु¥याउने काम कसैले पनि गर्न नहुने बताउँछन् ।

‘आफ्नो धर्म मानाँै, अरुको धर्मलाई सम्मान गरौँ । कसैले कसैलाई धार्मिक आस्थाका आधारमा विभेद गर्नु कानुनविपरीत हो । त्यसैले कार्यालयको तर्फबाट धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरिएको हो,’ एसपी अधिकारीले भने ।

यस्ता किसिमका लेख, रचना, व्यङ्गात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा सेयर नगरिदिन उनले अनुरोधसमेत गरेका छन् । कार्यालयले यस्ता प्रकारका धार्मिक सहिष्णुतामाथि खलल पुग्ने गतिविधिहरु सामाजिक सञ्जालमा सम्प्रेषण गरेको पाइएमा कारबाहीको भागिदार हुने कार्यालयले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९ को दफा १५६ को उपदफा २(१) बमोजिम दुई वर्षसम्म कैद र २० हजार जरिवाना हुने व्यवस्था छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १ गते बुधबार