धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी



कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्।

उनले सत्तागठबन्धनबाट मेयरका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका निवर्तमान मेयर नृपबहादुर वडलाई हराएका हुन्।

आँप चुनाव चिन्हबाट उठेका हमालले २६ हजार ८ सय ६५ मत ल्याएका छन् भने वडले जम्मा १४ हजार ८ सय १७ मत ल्याएका थिए। ०७४ मा हमाललाई वडले हराएका थिए।

यहाँ उपमेयरमा पनि सत्तागठबन्धन पराजित भएको छ। उपमेयर नेकपा एमालेले जितेको छ।

एमाले उम्मदेवार कन्दकलाकुमारी रानाले १५ हजार चार सय ७९ मत ल्याइन् भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार छ सय ७० मत ल्याएकी छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ८ गते आइतबार