निर्वाचन कार्यतालिका रद्द



निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ गते भएको आदेशअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ।

अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने भनी घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट यही असार २१ गते स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने घोषणा गरेकामा सर्वाेच्च अदालतले त्यसलाई बदर गरी आगामी साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ३० गते बुधबार