थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जना गरी ४५२२ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४१ सङ्क्रमितको मृत्यु भएको छ। सोही अबधिमा देशभर ४ हजार ९५४ सङ्क्रमित निको भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ८ गते मंगलबार