अन्सारीलाई सेतोखरी कमलसुमन खोज पत्रकारिता पुरस्कार



सेतोखरी मिडिया प्रालिले आफ्नो स्थापना पहिलो वार्षिकत्सव भव्य रुपमा मनाएको छ ।

प्रालिले यस अवसरमा हरेक बष एक जना सक्किय पत्रकारलाई पुरस्कृत गर्ने गरि सेतोखरी कमलसुमन खोज पत्रकारिता पुरस्कार २०७८ समेत स्थापना गरेको प्रालिका अध्यक्ष तथा सम्पादक कमल न्यौपानेले बताए ।

उनका अनुसार प्रालिले हरेक बष स्थानिय तहमा हुने गरेका भयकना वपकृति, विसगति सुशासन लगायतका क्षेत्रमा खोजमुलक समाचार लेख्ने लुम्बिनी तथा कर्णाली प्रदेशका एक पत्रकारलाई पुरस्कृत गरिने छ।

जसमा पहिलो पटक लुम्बिनी प्रदेशको बाँकेका अन्सारी पुरस्कृत भयका हुन । पश्चिम नेपालको मोफसलमा सन्चारगृहले पुरस्कार स्थापना गरि पत्रकारलाई आफनै सस्था मार्फत प्रदान गरियको यो पहिलो हो ।

यश किसिमको कामले युवा पत्रकारमा खोज पत्रकारिताप्रती रुचि बढाउनुका साथै टोल, समाज गाउँ र जपल्लामा सुशासन कायममा कलम अघि बढने सेतोखरी मिडिया अन्तगत इसेतोखरी अनलाइन का सम्पादक सुमन शर्मा बताउछिन ।

अनलाइन खोजखबरका पुरस्कृत पत्रकार अन्सारी ले सेतोखरी मिडियाको पुरस्कारले आफुमा खोज पत्रकारिता गर्ने थप उर्जा मिलेको बताए ।

पुरस्कृत कार्यक्रममा सेतोखरी मिडिया प्रालिको सन्चालक समितिका पदाधिकारी, अनलाइन पत्रकार सङ्घ बाँकेका सचिव रामु ओलि लगायतका दर्जन बढि पत्रकार तथा शुभचिन्तक को सहभागी ता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १२ गते बुधबार