नेपालगन्ज ।
बाँकेमा आज २२ जना मात्र कोरोना संक्रमित थपिएका छन् । जुन जम्मा परिक्षणको ४३.१ प्रतिशत हो ।
आज १२५ जना डिष्चार्ज भएका छन् । यहाँका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी ५१ जनामा कोरोना पुष्टि भएको छ । बाँकेका ३ जना सहित आज थप ७ जनाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १८ जना र बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा जिल्ला र जिल्ला बाहिरका ३३ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
हालसम्म बाँकेमा १६ हजार ८ सय १८ जना संक्रमित भएका छन् । ती मध्ये १५ हजार २ सय ६३ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये २ सय ८२ जनाको मृत्यु भएको छ ।
जिल्लामा १ हजार २ सय ७३ जना आइसोलेसनमा रहँदा ३ सय ६६ जना अस्पताल र आइसोलेसनमा छन् भने १ हजार ५८ जना होम आइसोलेसनमा छन् ।









प्रतिक्रिया दिनुहोस्