रुकुम पश्चिमका लागि छुटेको बस दाउन्नेमा दुर्घटना, ४ जनाको मृत्यु, ४५ घाईते



दाङ ।

पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डको खुर्साने खोला नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

काठमान्डौबाट रुकुम पश्चिमका लागी छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवाहक बस सडकदेखि २ सय मिटर तल खस्दा रुकुम पश्चिमको त्रिवेणी गाँउपालीकाकि २७ वर्षिय कल्पना पुन र रुकुमपूर्व सिस्ने गाउँपालिका ४ का ३६ वर्षका धनराज घर्तिको मृत्यु भएको हो ।

अन्य दुईजनाको सनाखत भएको छैन ।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेका अनुसार घाईत ४५ जनाको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याएको छ ।

घाईते मध्ये केहिको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईतेलाई उपचारका लागी बुटवल पठाईएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ५ गते बुधबार