ढुङ्गा बोकेको ट्र्याक्टर दुर्घटनाः एकको मृत्यु, २ घाइते



रुकुम पश्चिम ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ दुलिङ खोलामा सोमवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ढुङ्गा बोकेर रा १ त ३८९५ नम्बरको ट्याक्टर बाँफिकोट गाउँपालिका ६ बाट जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बाँफिकोट गाउँपालिका ६ का १६ वर्षीय आशिष केसीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले बताए ।

दुर्घटनामा मुसिकोट नगरपालिका ७ का २५ वर्षीय चालक मनबहादुर विक र विजय अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको स्थानीय मेडिकलमा उपचार भैइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ३ गते सोमबार