कोरोना भाइरस (कोभिड १९)का बिरामीले अस्पताल भरिभराउ छन् । कोभिड सुरु हुनुभन्दा पहिले दिनभरी घाम तापेर बस्ने एम्बुलेन्सहरु अहिले बिरामी बोकेर दिनदिनै कुदेको कुदै छन् ।
संक्रमितले अस्पताल भरीभराउ मात्रै नभएर अस्पतालको प्राङ्गणमा बसेर उपचार गराउन बाध्य छन् कोभिडका संङ्क्रमित । अस्पताल भित्र मानिस हिड्ने गल्लीमा पनि ठाउँ खाली छैन । खाली नभएपछि नयाँ संक्रमितले उपचार पाउन मुस्किल जस्तै भएको छ ।
अक्सिजनको अभाव भएपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन सकेका छैनन् । यो हरिबिजोग हो दाङको लमही अस्पतालमा । जसका कारण मृत्युदर उच्च बन्दैछ । भनिन्छ स्थानिय सरकार प्रत्यक्ष जनतासँगको सबैभन्दा नजिकैको सरकार हो । यती नजिकैको प्रदेश र संघिय सरकार पनि नजिक हुँदैन जनतासँग, त्यती नजिकैको स्थानिय सरकार रे ।
तर (कोभिड १९) ले गर्दा अस्पतालमा जनताहरु सास फेर्न अक्सिजन नपाएर छट्पटाउँदा पनि त्यही स्थानिय सरकारले यस्तो परिस्थिती र महामारीको बेला विभिन्न बहानामा छेउ लागिरहेका छन् ।
कोरोनाको दोस्रो चरण निकै जोखिमपूर्ण रहेको अवस्थामा दाङका अधिकांश अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । अस्पतालमा अक्सिजन नहुँदा बिरामीहरु छट्पटाइरहेको र बिरामीका आफन्तहरु अक्सिजनको खोजीमा हिड्दै गरेको देख्न पाइन्छ । कोरोनाका संक्रमितका बिरामी बढेपछि दाङ जिल्लामा अक्सिजनको समस्या परेको हो । ‘हामी कोभिड १९ को महामारीबाट बच्ने बचाउने अभियानमा छाँै ।
त्यतीमात्रै नभइ हामी संक्रमितको ज्यान बचाउने गरी होमिनुपर्ने बेला आएको छ, भनेर विभिन्न कार्यक्रममा बोल्ने गर्छन् सरकार प्रमुखहरु । तर यो सबै जनताको आँखामा छारो हाल्ने मात्रै काम भएको छ, लमही नगरपालिका वडा नम्बर ४ अर्नहवाका स्थानीय टंक कुमालले भने ।
‘छोरा कर्ण बिरामी भएको करिब चौबिस दिन भयो । छातीको एक्सरे गराउनको लागी लमही अस्पतालमा रसिद काटे तर लमहीका मेयर कुलबहादुर केसीले यहाँ होइन दाङ घोराही लैजानुपर्छ । यहाँ गर्न पाइन्न भनेर जवाफ फर्काउनुभयो ।’ ‘छोरालाई थप उपचारको लागी बाहिर लैजाने आर्थिक छैन ।
लकडाउनका कारण साँझ बिहानको छाक टार्न मुस्किल भएको बेला छोरोलाई उपचारको लागी कहाँ लैजाने ? एक्सरे गराउने मेशिन राखे हुन्छ त भन्दा, मेयर केसीले एक्सरे गराउने मेशिन त दशलाख पर्छ भन्नुभयो, कुमालले भने । ‘यस्तो बिसम परिस्थितीको बेलामा कुनै विकासका योजनाको काम बन्द गरेर उक्त मेशिन खरिद गरि लमही अस्पतालमा जडान गरेर जनतालाई सेवा दिन कि चुकिरहेको छ लमही सरकार ?
यहाँको स्थानिय सरकार त उहि नै हो । उहाँको हातमा छ सबै । मान्छे मरेर गएपछि त्यो योजना के काम लाग्यो र ?’ समयमा संक्रमितको ज्यान बचाउन हामीले गर्न सक्ने अरू धेरै उपाय होलान्, तर म चाहि मूल रूपमा ठूला अस्थायी उपचार केन्द्र स्थापना आवश्यक रहेको लमही अस्पतालका प्रमुख डाक्टर रञ्जिता महतोले बताइन् ।
‘अहिले पनि यसका लागि काम थाल्न सकिन्छ, केही दिनमै अस्थायी संरचना बनाएर उपचार गरेको उदाहरण छन्, हामीले पनि गर्न नसकिने भन्ने होइन’ उनले भनिन् । अहिले लमही अस्पतालको ईमरजेन्सीमा आठजना कोभिडका बिरामीहरुको उपचार भैइरहेको छ ।
यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही अस्पतालमा रहको पुरानो एक्सरेबाट स्वास्थ्यकर्मीलाई राम्रोसंग रिपोर्ट छुट्याउन गाह्रो भएपछि नयाँ डिजिटल एक्सरे खरिदको प्रक्रियामा रहेको जानकारी दिए । ‘लमही अस्पतालमा रहेको एक्सरे पुरानो भैइसकेको
छ । अब नयाँ खरिदको प्रक्रियामा छाँै ।’ उनले भने ।










प्रतिक्रिया दिनुहोस्