बाँकेमा २४ घण्टामा १८ संक्रमितको मृत्यु



कोहलपुर ।

पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना अस्पतालमा उपचाररत १८ जना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पताल, मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमितहरुको मृत्यु भएको हो ।

अस्पतालले जानकारी दिएको रिपोर्ट र आफुलाई प्राप्त भएको रिपोर्ट अनुसार बाँके कोरोना क्राईसिस म्यानेजमेन्टका फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार बिहानदेखी शनिबार बिहान १० बजेसम्म १८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर, १ बर्दियाकी ३४ बर्षिय ५ महिनाकी गर्भवती महिला समेतको आज राती मृत्यु भएको थियो । मृत्यु हुनेमा बर्दिया, कैलाली, सल्यान, दाङ र बाँकेका रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १ गते शनिबार