कोहलपुरका दुई सर्जिकल हाउसमा अनुगमन



कोहलपुर :
कोभिड अस्पतालमा अक्सिजन सिलिन्डर अभाव भएपनि सर्जिकल हाउसमा अनुगमन गरिएको छ ।

कोहलपुर नगरपालिकामा रहेका दुई वटा सर्जिकल हाउसमा अनुगमन गरिएको कोहलपुर नगरपालिकाकी उप प्रमुख सन्जुकुमारी चौधरीले बताइन् ।

उनका अनुसार सर्जिकल हाउसमा अक्सिमिटर बढी मुल्यमा बिक्रि गरेको भन्ने गुनासो बढेपछि अनुगमन गरिएको थियो । तर अनुगमनको क्रममा बढी मुल्यमा बिक्रि वितरण गरेको पाइएन ।

उनले सर्जिकल हाउसलाई महामाीको समयमा कालोबजारी नगर्न निर्देशन दिइएको जानकारी दिइन् ।

यस्तै नगरपालिकाले होम आइसोलेसनमा रहेकाहरुलाई सेवा दिनको लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिएको उनले जानकारी दिएकी छन् ।

कोहलपुर नगरपालिका कोरोना महामारीको अभियानमा रहेको उनले बताइन् ।  यस्तै उनले आफूले प्रयोग गर्दै आएको नगरपालिकाको गाडी स्वास्थ्य शाखालाई प्रदान गरेकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख २५ गते शनिबार