निषेधाज्ञा उल्लंघन गर्ने पक्राउ



सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञा जारी भएको समयमा उल्लंघन गरेको भन्दै सात जनालाई नियन्त्रणमा लिएको छ ।

वीरेन्द्रनगर नगरपालिका ६ बसपार्कमा अनिल बिसीले सञ्चालन गरेको स्नोकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार घनश्याम केसी, आकास देबकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, विनय बुढा, आकाश प्याकुरेल र कबिर खानलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन ,२०२८ को दफा ६ को उपदफा ९३० बमोजिम कारबाही भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने बढेसँगै कारबाहीको दायरामा ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

‘जिल्लामा जारी निषेधाज्ञा पालना गराउनको लागि प्रहरी सडकमा खटिएको छ’ उनले भने, ‘निषेधाज्ञाको उल्लघंन गर्नेहरु कारबाहीको दायरामा आउँछन् ।’

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख २३ गते बिहीबार