नेपालगञ्ज ।
बाँके नेपालगञ्जको जमुनाह नाका भएर भारतबाट फर्किएका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार विहान गरिएको एन्टिजेन परीक्षणमा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
तीमध्ये सुर्खेतका पाँचजना, बाँके, दाङ र जाजरकोटका एक÷एक जना रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।
योसँगै भारतबाट फर्किएका २४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका संक्रमितलाई ह्वाइट हाउस आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको वलीले बताए ।
प्रकाशित मिति : २०७८ वैशाख ४ गते शनिबार









प्रतिक्रिया दिनुहोस्