बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी



कोहलपुर ।

कोहलपुर नगरपालिकामा बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी गरिरहेको छ । कोहलपुर नगरपालिकाका ३ नम्बरको वडामा बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी गरिरहेको छ । पहिलो चरणमा कोहलपुर नगरपालिकाले दुई वटा वडालाई बालविवाह मुक्त घोषणा गरेको छ ।

यस्तै शनिबार कोहलपुर नगरपालिका ३ वडामा बालविवाह मुक्त गराउनका लागि किशोरी क्लबले घरदैलो अभियान सञ्चालन गरेका थिए । किशोरी क्लका किशोरीहरु ‘दाइजो होइन शिक्षा देऊ’, ‘छोराछोरीलाई बराबर स्कुल पठाऔं सरासरी’, ‘बिहेवारी २० वर्ष पारी, ‘बालविवाह कानूनी अपराध हो ’ बालविवाह अन्त्य गरौं, जीवनको सुनिश्चत गरौं जस्ता नाराहरु लिएर घरदैलोमा पुगेका हुन् ।

उनीहरुले प्रत्येक घरदैलोमा जनचेनतामुलक स्टिकर टाँसेका छन् । ‘बालविवाह मुक्त गाउँ हामी सबै मिलेर बनाऔं, हाम्रो घरपरिवारमा २० वर्ष पुरा नभई बिवाह हुदैन’ स्टिकरमा लेखिएको छ । जसमा कोहलपुर नगरपालिकाका ३ को नाम समेत उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष माधव रिजाजले आगामी बैशाख १० गतेभित्रमा बालविवाह वडा मुक्त घोषणा गर्नका लागि तयारी भैरहेको बताए । उनका अनुसार वडामा रहेका प्रतिनिधिमुलक घरहरुको सर्वेक्षण गर्ने कामहरु पुरा भइसकेको बताए ।

यस्तै स्याक नेपाल र प्लान इन्टरनेशन नेपालको साझेदारी र कोहलपुर नगरपालिकाको समन्वयमा यो अभियान सञ्चालन भएको हो । सो अभियानमा जनप्रतिनिधि, क्लबका पदाअधिकारी र अन्य सरोकारवालाहरू समेत सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत २९ गते आइतबार