कोहलपुर उवासंघ निर्वाचनः सुरु भयो मतगणना



कोहलपुर ।

शनिबार सम्पन्न कोहलपुर उद्योग बाणिज्य संघको मतगणना सुरु भएको छ ।

केहीबेर अघिबाट संघको कार्यालयमा मतगणना सुरु भएको हो । शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा ३ हजार ३ सय ७४ जना मतदातामध्ये ३ हजार ८० मत खसेको थियो ।

कडा सुरक्षा घेरामा मत गणना भइरहेको छ । संघको आगामी तीन वर्षीय कार्यकालका लागि विष्णु प्रसाद खनालको नेतृत्वमा साझा समावेशी व्यावसायिक प्यानल र लक्ष्मणराज पौडेलको नेतृत्वमा लोकतान्त्रिक समावेशी व्यवसायी समूह चुनावी मैदानमा उत्रिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २२ गते शनिबार