कोहलपुर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले देशभरका सात प्रदेश सरकार भन्दा उत्कृष्ट आफ्नो प्रदेश भएको बताएका छन् । उनले लुम्बिनी प्रदेश सरकार, यहाँ जनप्रतिनिधि र सरकारले गरेका काम उत्कृष्ट रहेको बताएका हुन् ।
शनिबार बुटवलमा सम्पन्न नेकपा ओली समूहको आमसभामा सम्बोधन गर्दै पार्टीका स्थायी कमिटीका सदस्य समेत रहेका पोखरेलले लुम्बिनी सक्षम र समृद्ध प्रदेश दाबी गरेका थिए । मुख्यमन्त्री पोखरेलले भने,‘ प्रदेशको पुँचीगत खर्च अन्य प्रदेश भन्दा बढी छ ।
स्थानीय सरकार सक्षम छन् । यहाँका जनप्रतिनिधि समेत एकदमै सक्रिय छन् । प्रदेश तथा स्थानीय सरकारमा राम्रा तथा गुणस्तरीय काम भएका छन् ।लुम्बिनी राम्रा जनप्रतिनिधि भएको हो ।’ फरक प्रसंगमा उनले पहिला भएको चुनावमा हारेका स्थानमा आफ्नो पक्षले जित्ने वातावरण बन्दै गएको पनि भएका हुन् ।
उनका अनुसार बैशाखमा हुने चुनावपछि लुम्बिनी प्रदेश ओली समूहमय हुन्छ । उनले सरकारले बैशाखमा तोकेको चुनावमा विगतको भन्दा राम्रो जनमत आफूहरुले ल्याउने दाबी पनि गरेका हुन् । ‘प्रचण्डको गढ भनिएको रोल्पा र रुकुम हाम्रो पक्षमा आउँदैछ । बाँके,रुपन्देही र कपिलवस्तु लगायतका जिल्लामा अघिल्लो चुनावमा हारेको ठाउँमा हामीले जित्दैछौ ।
परिवर्तनकारी जनता सब हाम्रो हुन्छ ।’ पोखरेलले भने । जनयुद्धको समयमा प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने नीति लिएको भन्दै त्यसो गर्दा सडकमा पछारिएको बताए । उनले अघि भने, माधवको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दाँ प्रचण्ड सडकमा पुगे । अहिले सडकमा हामी यहाँ छौ । भन्दै रोइकराइ गर्दैछन् ।’
उक्त अवसरमा उनले देशका अन्य प्रदेश भन्दा लुम्बिनी प्रदेश सक्षम रहेको बताए । सबै भन्दा बढी पुँजीगत खर्च गरेर आफूहरुले उत्कृष्टताको नमूना प्रदान गरेको उनको भनाइ थियो । ओली पक्षले अहिले देशभर आमसभाको आयोजना गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्