कोहलपुर
बाँके राष्ट्रिय निकुञ्जले विगत आठ वर्षदेखि हालसम्म जंगली जनावरले क्षति पु¥याउने घटनाका पीडितहरुलाई झण्डै २ करोड क्षतिपूर्ति विरतण गरेको छ ।
निकुञ्ज क्षेत्रमा वर्षेनी जनावरले क्षति पु¥याउन थालेसँगै निकुञ्ज प्रशासनले पीडित घरपरिवारलाई ठूलो धनराशी राहतका रुपमा प्रदान गरेको हो । निकुञ्जले २०७० सालदेखि अहिलेसम्म दुई हजार १७४ घरधुरीलाई क्षतिपूर्तिका रुपमा राहत वितरण गरेको छ ।
निकुञ्जका वार्डेन श्यामकुमार शाहका अनुसार ती परिवारलाई एक करोड ९६ लाख ९४ हजार ८३० राहत दिएको जानकारी दिए । उनका अनुसार निकुञ्जले २०७० मा ५२ घरधुरीलाई ९६ हजार १८१, २०७१ मा ३१ घरधुरीलाई ६६ हजार ९९०, २०७२ मा ३६ घरलाई एक लाख पाँच हजार १२४ रुपैयाँ प्रदान गरेको थियो ।
यस्तै २०७३ मा ३० घरलाई एक लाख १४ हजार ५४०, २०७४ मा ३०५ घरलाई १४ लाख २७ हजार ७२ , २०७५ मा ४१८ घरलाई रु ५२ लाख ४६ हजार ५१७, २०७६ मा ६२७ घरलाई रु ७० लाख ३३ हजार ३०१ र चालु आवको हालसम्म ६७७ घरधुरीलाई रु ५६ लाख ४ हजार ७८
दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्