वडालाई जग्गादान गर्ने वाग्ले भन्छन्,… ‘जनताले सहज सेवा पाउन्’



डिल्ली शाही ।

कोहलपुर नगरपालिका वडा नम्बर ६ का एक स्थानीयले वडा कार्यालय निर्माणको लागि करोडौंको जग्गादान गरेका छन् । २०४२ सालदेखि कोहलपुरमा बस्दै आएका हुन् गोविन्द वाग्लेले वडा नम्बर ६ को कार्यालय निर्माणको लागि करोडौ पर्नेमा जग्गा निःशुल्क दान गरेका हुन् । उनले वडा नम्बर ६ रझेनाको सरस्वती नगरमा रहेको ३ कठ्ठा १२ घुर जग्गा दान गरेका थिए ।

यसअघि सार्वजनिक जग्गा अभावमा वडाका स्थायी संरचना बन्न सकेको थिएन । तीन वर्षयता वडा कार्यालय समेत भाडामा सञ्चालन हुँदै आएको छ । जग्गादाता वाग्ले जनताको नजिकको सरकारको रुपमा रहेको वडाको कार्यालयबाट स्थानीयलाई सहज सेवा प्रदान होस भन्ने उद्देश्यले आफूले करोडौँका जग्गादान गरेको बताउँछन् । उनी भन्छन्,‘वडाबासीहरुले वडाबाट सेवा लिन जाँदा निकै दुःख पाएका थिए । अझै पनि भाडामा कार्यालय सञ्चालन हुँदै आएको छ । मेरो सहयोगले ठूला संरचना बन्छन् भने किन सहयोग नगर्ने भनेर जग्गा दिएको हुँ ।’

वडालाई जग्गा गर्ने प्रक्रिया खड्क बहादुर शाही कार्यवाहक अध्यक्ष हुँदा देखी नै सुरु भएको थियो ।उक्त जग्गामा सुविधा सम्पन्न वडा कार्यालयदेखी स्वास्थ्य चौकी भवन र प्रहरी विट समेत निर्माण हुनेछन् । वाग्ले विपद् व्यवस्थापन विज्ञ समेत हुन् । यता यस्तै कोहलपुर नगरपालिका वडा वडा नम्बर ६ का अध्यक्ष रामशरण थारुले समाजसेवी वाग्लले गरेको सहयोगबाट प्राप्त जग्गामा जनताको सेवा र सुविधाका लागि ६ कोठे पक्की भवन निर्माण हुने बताए । उक्त भवन निर्माणको लागि जिल्ला समन्व्य समिति बाँकेले ४० लाख सहयोग गरेको छ । बाँकी रक मभने कोहलपुर नगरपालिकाले व्याहोर्ने अध्यक्ष थारुले जानकारी दिए ।

त्यहाँ संरचना निर्माण भइसकेपछि जग्गादाता गोविन्द वाग्ले र उनकी श्रीमती अचला घिमिरेको संयूक्त रुपमा वडा कार्यालयको शिलालेखमा नाम र फोटो राखिने वडा अध्यक्ष थारुले बताएका छन् । वडा कार्यालयको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदेशी थारु रहेका छन् । वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रबार