शुभाकर विश्वकर्मा, कोहलपुर
बाँकेको कोहलपुरमा संघीयता खारेजी देखी राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ ।
शनिबार कोहलपुरमा राजा समर्थक युवाहरुले मोटरसाईकल ¥याली सहित प्रदर्शन गरी संघीयता खारेजीको माग गरेका हुन् ।

स्वतन्त्र राष्ट्रवादी अभिायनको आयोजनामा कोहलपुरमा मोटरसाईल ¥याली प्रदर्शन गरिएको हो ।

कोहलपुरको चौराहबाट सुरु भएको ¥यालीमा प्रदर्शनकारीले राष्ट्रिय झण्डा सहित पूर्व राजा–रानी (ज्ञानेन्द्र र कोमल शाह)को तस्वीर अंकित टिसर्ट लगाएका थिए ।

‘ राजा आउ देश बजाउ, संघीयता खारेज गर, मेची,महाकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ । २०४७ को संविधान लागु गर ।’ का नारा लगाइएको थियो ।

चैराहबाट सुरु गरिएको मोटरसाईकल ¥याली कोहलपुर– नेपालगञ्ज सडकको न्युरोड, एनटिभि रोड पिपलचौतारा हुँदै पुनः चौराहामा आएर कोण सभामा परिणत भएको थियो ।

प्रकाशित मिति : २०७७ कात्तिक २२ गते शनिबार










प्रतिक्रिया दिनुहोस्