कोहलपुर/ बाँकेको कोहलपुरमा लायन्स क्लब अफ कोहलपुर मानसरोवर गठन गरिएको छ । बिहीबार कोहलपुरको होटल कृष्णमा भएको लायन्सहरुको भेलाले प्रकाश शाहको अध्यक्षतामा सो क्लब गठन गरिएको हो । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बीटुका पूर्व डिष्ट्रिक्ट गभर्नर लायन मधुसुदन शर्माको प्रमुख आतिथ्यतामा गठन गरिएको क्लबको सचिवमा शिव डाँगीलाई चयन गरिएको छ । अन्य पदाधिकारी तथा सदस्यहरु थपेर क्लबलाई पूर्णता दिइने छ ।

नव गठित लायन्स क्लब अफ कोहलपुर मानसरोवर क्लबका अध्यक्ष शाहले व्यस्थ व्यवसायिक जीवनबाट केहि समय निकाले सामाजिक कार्य गर्ने उद्धेश्यले आफू यो क्षेत्रमा आवद्ध भएको बताए । क्लब गठन गर्दा आमन्त्रण गरिएका सदस्यहरुबाट गठन गर्ने गरिएको छ । सोही अन्तर्गत लायन्स युवराज क्षेत्री, डिष्ट्रिक कोर्डिनेटर मुकुट ढकाल, लयन्स क्लब अफ कोहलपुर कस्तुरीका अध्यक्ष संगिता सुवेदी, लयन्स क्लब अफ कोहलपुर ग्रिनसिटीका उपाध्यक्ष तुल्सी थापाको पहल र सक्रियतामा क्लब गठन गरिएको डिष्ट्रिक कोर्डिनेटर ढकालले जानकारी दिए ।

लायन्स क्लब सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरु आवद्ध रहेको अन्तर्राष्ट्रिय संस्था हो । अहिले नेपालमा १५ सय भन्दा बढी क्लब मार्फत ३६ हजार बढी लायन्सहरु सामाजिक क्षेत्रमा सक्रिय छन् । यसले नेपालमा करिब ४० वर्षदेखि निरन्तर विभिन्न सामाजिक कार्यमा सक्रिय रुपमा काम गर्दै आइरहेको छ ।
प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्