कोहलपुर ।
कोहलपुर नगरपालिका १ मा रहेको कौशिला नगरमा रहेकी सिमा शिरीष विगत केही वर्ष देखि पाठेघर क्यान्सर भएको छ । उपचारको क्रममा उनको जमिन, घर सबै सकिएको छ ।
तर उपचारका लागि पैसा नभएपछि विभिन्न संघसंस्थाहरुले सहयोग गरेता पनि अझै उपचार गर्नका लागि आर्थिक खभाव नै खटिरहेको छ । कोहलपुर नगरपालिकाका ७ नं. का वडा अध्यक्ष दिपकजंग शाह र शहरी स्वास्थ्य केन्द्रका प्रमुख सुधन बुढाथोकीले उनलाई पाँच हजार सहयोग गरेका छन् ।
यस्तै सहयोगका लागि अहिले कोहलपुर नगरपालिका १४ मा रहेको समाज सेवा संस्था नेपालले नेतृत्व गरी उनको उपचारको लागि आर्थिक संकलन गरिरहेको संस्थाका अध्यक्ष विनोद थापाले बताए । उनका अनुसार आफ्नो संस्थाको वार्षिकोत्सवमा संकलन भएको रकम पाठेघर क्यान्सर सिमा शिरीष हस्तान्तरण गर्ने उनको भनाई थियो ।
प्रकाशित मिति : २०७७ असोज १९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्