बाँकेमा खजुरामा निषेधाज्ञा जारी



बाँकेको खजुरा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेको हो ।

आइतबार खजुरामा ठूलो संख्यामा कोरोना संक्रमितहरु भेटिएका थिए ।

कोरोना संक्रमण अझै फैलिन नदिने भन्दै खजुरा गाउँपालिकाको सिफारिसमा प्रशासनले आगामी भदौं २७ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २२ गते सोमबार