नेपालगञ्ज ।
कोरोना संक्रमण देखिएपछि मृत्यु भएका बाँके नेपालगञ्ज उप–महानरपालिकाका कर्मचारी युवराज बिक्रम घलेको सोमबार राप्ती नदीमा अन्त्येष्टी गरिएको छ ।
५९ वर्षीय घलेको सोमबार बिहान बाँकेको राप्ती नदी सिधनियाँ घाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
नेपाली सेनाको सलामीसहित घलेको अन्त्येष्टी गरिएको थियो । नेपालगन्ज–९ का घलेको आइतबार राती साढे आठ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो ।
घले नेपालगञ्ज उपमहानगरपालिकाको जिन्सी शाखा सहायक थिए । उहाँको मृत्यु शोकमा उपमहानगरपालिका कार्यालय एक दिनका लागि बन्द गरिएको छ भने मंगलबारदेखि तीन दिनसम्मका लागि कार्यालय शिल गरिएको छ ।
प्रकाशित मिति : २०७७ भदौ २२ गते सोमबार










प्रतिक्रिया दिनुहोस्