सम्पादकीय : सचेतनामा जोड



‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ विधीबाट समेत उपचार गर्न नेपाल सरकारले अस्पताललाई अनुमति प्रदान गरिसकेको छ । खासगरी गम्भिर खालका कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्नको लागि देशका केही अस्पतालहरुलाई सरकारले अनुमति दिएको हो । पछिल्लो समय नेपालमा गम्भिर खालका विरामीहरुमा समेत कोरोना संक्रमण देखिन थालिसकेको छ । ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ विधीबाट समेत उपचार गरेर केही गम्भिर खालका कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् । सोही कारणले दुई साता अघि सरकारले नेपालका केही सरकारी तथा निजी अस्पतालहरुलाई ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ विधीबाट उपचार गर्न अनुमति प्रदान गरेको हो ।

बाँकेका दुई अस्पताललाई समेत सरकारले ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ विधीबाट उपचार गर्न अनुमति दिइसकेको छ । तर अहिलेसम्म यी दुवै अस्पतालले यो विधीबाट उपचार सुरु गरेका छैनन् । केही दिनअघि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचाररत गम्भिर खालका कोरोना संक्रमितलाई यो विधीबाट उपचार गर्ने प्रयास गरिएको थियो तर सम्भव भएन । ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ विधीबाट उपचार गर्नको लागि कोरोना संक्रमित भएर निको भएका व्यक्ति भने अनिवार्य चाहिन्छ । मेडिकल कलेजमा यस्ता विरामीको रगत उपलब्ध नहुँदा उपचार सुरु हुन सकेन । पछि कोरोना संक्रमित ६२ वर्षिय पुरुषको मृत्यु भयो । गम्भिर खालका कोरोना संक्रमित विरामीमा ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ विधीबाट उपचार गरे धेरै प्रतिशत निको हुने सम्भावना रहन्छ । तर ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ विधीबाट उपचार गर्दा एक सय प्रतिशत नै विरामीको निको हुन्छन् भन्ने चाही हुँदैन । बाँकेमो हकमा कोरोना संक्रमित भएर निको भएका विरामीहरुले रगत दान नगर्दा गम्भिर खालका विरामीमा यो विधी लागू गर्न अलिकती समस्या भएको हो ।

अस्पतालहरुले संक्रमित भएर निको भएका व्यक्तिहरुलाई रगत दान गरिदिन आग्रह गरेका त छन् । तर अहिलेसम्म हुन सकेको छैन । बाँकेमा बिहीवारसम्म पाँच सय बढी कोरोना जितेर घर फर्किसकेका छन् । उनीमध्ये आधाले मात्रै रगत दान गरे भएपनि अर्का कोरोना संक्रमितको ज्यान जोगिनसक्छ । कोरोना संक्रमित भएर निको भइसकेकालाई रगत दान गर्न प्रोत्साहन गर्नको लागि सचेतनामुलक कार्यक्रम गर्नु अहिलेको आवश्यकता पनि हो । कतीपय कोरोना संक्रमित भएर निको भएका व्यक्तिहरुले यसबारे गलत धारणा बनाउँदा समेत अठ्यारो भएको पाइन्छ । अस्पतालमा गम्भिर खालका कोरोना संक्रमित विरामी बढेसँगै ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ विधीबाट उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसैले पहिले सबै रगत समुहका निको भएका कोरोना संक्रमित व्यक्तिको रगत लिएर राख्नुपर्छ । त्यसो हुन सके तत्काल विरामीलाई ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ विधीबाट उपचार सुरु गर्न सकिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ५ गते शुक्रबार