कोहलपुर :
नेपालगञ्ज उपमहानगरपालिकाका चार वटा सिमानामा २४ गते राती देखि २७ गते सम्म पूर्ण सिल गर्ने निर्णय गरिएको छ ।
सिल गरिएका स्थानमा स्वास्थ्य सुरक्षा, एम्बुलेन्स शबवाहन दमकल बाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिनडुल गर्न समेत पूर्णतया निषेध‐ एरिया सिल) गर्ने निर्णय गरिएको हो ।
सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकसम्म चोकबाट, चारबाहिनी चोक,पिपलचौतारा हुँदै बाँके गाउँसम्म पूर्ण निषेध गरिएको छ ।
यस्तै बाँके गाउँ देखि, रिङरोड,आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म, नहरपुरुवा चोक देखि बसपार्क हुँदै पुष्पलाल चोक भित्रको चार किल्ला रहेको छ ।
माथि उल्लेखित स्थानहरुमा जथाभावि रुपमा हिनडुल गर्ने, नियमको पालना नगर्ने तथा बाधा पुयाउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० र स्थानी प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्