सुर्खेत ।
तीन महिनायता विपदमा परी कर्णालीमा २५ जनाले ज्यान गुमाएका छन् भने २३ जना घाइते भएका छन् । प्रदेशका १० जिल्लामा वैशाख १ गतेदेखि साउन ६ गतेसम्म बाढी, पहिरोमा परी २५ जनाले मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ वास्तोलाले जानकारी दिए । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार बाढी पहिरोमा परी सबैभन्दा धेरै जाजरकोटमा १३ जनाको मृत्यु भएको छ ।
सल्यान र रुकुम पश्चिममा चाररचारजना, कालीकोट र सुर्खेतमा दुई/दुईजनाको मृत्यु भएको छ । त्यस्तै, घाइते हुनेहरुमा रुकुम पश्चिम र सल्यानका ६÷६ जना, दैलेख र जाजरकोटका ३/३ जना, डोल्पाका दुईजना, कालीकोट र हुम्लाका एक/एकजना रहेका छन् । एसएसपी वास्तोलाका अनुसार हालसम्म प्रदेशमा २८४ वटा घरमा क्षति पुगेको छ ।
वैशाखदेखि विपदमा परेर ५९ वटा पशुचौपायाको मरेका छन् भने ४ वटा बेपत्ता भएका छन् । विपद्का कारण करिब ६ करोड ६५ लाख ५३ हजार ७९० रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढी र पहिरोले अहिले पनि कर्णालीका विभिन्न ठाउँका सडकहरु अवरुद्ध छन् ।










प्रतिक्रिया दिनुहोस्