कोहलपुर ।
बाँकेमा रहेको सिक्टा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो सिक्टा नहरमा डुबेर राप्तीसोनारी गाउँपालिका २ की एक बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृत्यु हुनेमा ८ वर्षिय बालिका करिश्मा सारुमगर रहेकी छन् । नहरमा घोगी टिप्न खोज्दा खुट्टा चिप्लिएर उनी नहरमा खसेकी थिइन् । उनीसँगै रहेकी इन्द्रा रोक्काले उनको खुट्टा समातेकी थिइन् ।
दुवै जना नहरमा खसेका थिए । नहर नजिकै रहेका अरुले देखेपछि इन्द्रालाई बताउन सफल भए । तर करिश्मा गहिरोमा परेकाले गोठालाहरुले निकाल्न सकेका थिएनन् ।
पछि गाउँमा खबर गरेपछि मानिसहरु आएर उनको शव निकालेका थिए । शवलाई पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको कोहलपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असार १४ गते आइतबार










प्रतिक्रिया दिनुहोस्