मासुमा आत्मनिर्भर बन्न सफल कोहलपुर



डिल्ली शाही ।

बाँकेको कोहलपुर नगरपालिका मासुमा आत्मनिर्भर भएको छ । स्थानीय सरकार आएपछि कोहलपुर नगरपालिकाले पशुपालनमा १२ करोड बराबर खर्च गरिसकेको छ । कोहलपुर नगरपालिकामा रहेको कृषकहरुले पशुपालनलाई व्यवसायिक रुपमा आकर्षित बढ्दै गएको छ । कृषकहरुले परम्परागत रुपमा भन्दा फरक किसिमले पशुपालनमा गर्न थालेका हुन् । कोहलपुर नगरपालिकाको पशु शाखाको तथ्यांङ्क अनुसार कोहलपुर नगरपालिकामा वार्षिक रुपमा १२ हजार २ सय २० क्विन्टल मासु आवश्यक पर्दछ तर कोहलपुर नगरपालिकामा १२ हजार ५ सय क्विन्टल मासु उत्पादन भैरहेको नगर पशु शाखाका प्रमुख गोविन्द रानाले बताए ।

गत वर्षदेखि कोहलपुर नगरपालिका मासुमा आत्मनिर्भर बनाउन सफल भएका छौं । कोहलपुर नगरपालिका दुग्धमा समेत आत्मनिर्भर हुन थालेको छ । कोहलपुर नगरपालिका पशु शाखाका प्रमुख रानाका अनुसार ५ लाख ६२ हजार ४ सय लिटर दुग्ध आवश्यक रहेको छ । तर अहिले ४ लाख ६३ हजार ३ सय लिटर दुग्ध उत्पादन हुन्छ उनले भने अझै २ लाख बराबर दुग्ध कमी देखिएको छ । अबको २ वर्षभित्र अण्डामा समेत आत्मनिर्भर बनाउने लक्ष्य रहेको नगर पशु शाखाका प्रमुख रानाले बताए । कोहलपुर नगरपालिका २ मा रहेका लोक बहादुर जि सी पाँच वर्ष मलेसिया बसेर स्वदेशमा फर्किए । ‘मैल मासु पसल गर्न थालेको ४ वर्ष भयो’ उनले भने ।

वर्षमा २ सय ५२ क्विन्टल मासु विक्री हुन्छ भने वार्षिक ६ देखि ७ लाखसम्म आम्दानी गर्दछु । विदेशमा गरेको भन्दा कम दुःख नेपालमा ग¥यो भने मनग्य आम्दानी हुने उनको भनाई छ । जीसीका अनुसार तीन बर्षसम्म मासु विक्री गर्नका लागि बाहिर जिल्लाबाट ल्याउने गरेको थिएँ तर गत वर्षदेखि भने मासु विक्रि गर्नका लागि बाहिरबाट ल्याउन परेको छैन । म आफै किसानको गोठसम्म पुगेर खरिद गरेर ल्याउँछु उनले भने । यस्तै कोहलपुर नगरपालिका १ वडाका अर्को मासु व्यवसाय कविराम पुलामीले मैले १८ वर्ष इण्डिन आर्मीमा काम गरीं रिटाएर भएपछि मासु व्यवसाय सुरु गरेको बताए ।

कौशिलानगर वडा नं.१ मा पहिलो माशुपसल दर्ता गरेको थिए उनले भने । अहिले दुई वर्ष भयो । इण्डियामा मासु काट्ने र बनाउने तरिकाहरु देखेको थिए सोही अुनसार यहाँ पनि मासु व्यवसाय सुरु गरेको हुँ उनले थपे । उनका अनुसार अहिले लकडाउनका कारणले गर्दा बन्द गरेको छु । मैले दैनिक २० देखि ३० किलो सम्म मासु विक्रि गथ्र्थे । मेरो वार्षिक आम्दानी २ लाख ५० हजार देखि २ लाख ८० हजारसम्म हुन्थ्यो । ‘मासु व्यवसाय सुरु गर्दा ढकेरी, राप्तीसोनारी र बर्दियाबाट समेत कुखुराहरु ल्याउनुपथ्र्थो तर अहिले बाहिरबाट ल्याउन पदैन’ उनले भने ।

किरणनालामा रहेको पोल्टी«« फर्मबाट ल्याउने गरेको छु । कोहलपुर नगरपालिकाले मासु व्यवसायकालागि बजेटमा सचेतना कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यक रहेको उनले बताए । कोहलपुरमा अहिलसम्म सञ्चालित एकिकृत पशुपंन्छि पालन फर्म, भैसी पालन फर्म, गाई फर्म, बाख्रा पालन र्फम, बंगुर पालन फर्म, कुखुरा फर्म, माछा पालन र्फम लयागतका फर्म सञ्चालनमा रहेका छन् । जसमा एकिकृत पशुपंन्छि पालन फर्म २२ वटा, भैसी पालन फर्म ४५, गाई फर्म १५ वटा, बाख्रा पालन र्फम ३४ वटा, बंगुर पालन फर्म ७, कुखुरा फर्म ४५, माछा पालन ४ वटा र्फम गरी १ सय ९६ वटा फर्म कोहलपुर नगरपालिकामा दर्ता भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रबार