बाँकेको कोहलपुरमा रहेको सशस्त्र प्रहरीको क्षेत्रीय अस्पतालबाट संकलन गरिएका ३० वटै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
यहाँका सशस्त्र प्रहरी कोरोना संक्रमितको सम्पर्कमा आएको पाइएपछि स्वास्थ्य कार्यालय बाँकेले अस्पतालमा कार्यरत ३० जना सशस्त्र प्रहरीको स्वाब संकलन गरेको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले ३० जना सशस्त्र प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनीहरुको सबैको भेरी अस्पतामा रहेको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।
प्रकाशित मिति : २०७७ जेठ ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्