सीमा क्षेत्रको अनुगमन



नेपालगञ्ज ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपाल भारत सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । मानिसहरुले भारतबाट लुकिछिपी नेपाल प्रवेश गरिरहेको गुनासो आएपछि सोमबार जिल्लाका सुरक्षा अधिकारीहरुले सीमा क्षेत्रको अनुगमन गरेका थिए । कोरोना भाइरस (कोभिड–१९) कोे संक्रमणबाट फैलिन नदिन घोषणा गरिएको लकडाउनको कारण सीमा क्षेत्र शिल गरिएको छ ।

सीमा क्षेत्रको आवागमन ठप्प भएपनि अनाधिकृत तरिकाले कोही पनि आवत जावत गर्न नपाओस भनेर सीमा क्षेत्रको अनुगमन तथा निगरानी कडाई गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले लकडाउनको अवस्थामा जो जहाँ छ त्यही रहनुपर्ने सहमति अनुसार सीमा क्षेत्रबाट लुकीछिपि आएको वा आउनसक्ने अवस्थालाई कडाई गर्दै सीमा क्षेत्रमो निगरानी बढाईएको जानकारी दिए ।

सोमबार बाँकेको सुरक्षा समितिका सदस्य सहित प्रमुख जिल्ला अधिकारी खड्काको टोलीले बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालिकासँग सीमा क्षेत्र जोडिएका बिभिन्न स्थानको स्थलगत अवलोकन गरेको थियो । सो अवसरमा सीमा क्षेत्रबाट कुनै पनि आवगमन हुन नदिने कुरामा चनाखो हुन उनले त्यहाँ खटिएका सुरक्षाकर्मीहरुलाई निर्देशन समेत दिएका थिए । बाँकेमा सोमबार साँझसम्म २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने बर्दियामा एक जनामा पुष्टी भएको छ । फाइल फोटो

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३० गते मंगलबार