बाँकेमा कडा बन्दै ‘लकडाउन’: सेनासहित चारै निकायका सुरक्षाकर्मी सडकमा



नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा ‘लकडाउन’ प्रभावकारी नभएको गुनासो आएपछि सडकमा जथाभाबी हिड्नेहरुलाई प्रहरीले बल प्रयोग गर्न थालेको छ ।

आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले समेत अब ‘लकडाउन’ कडा पार्ने निर्णय गरेको थियो ।

दिनभर जसो मानिसहरु घरमा बसेपनी साँझपख हुलका हुल मानिसहरु सडकमा निस्कीएपछि सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत हुन थालेका हुन् ।

केही दिनसम्म सर्वसाधारणहरुलाई सम्झाई बुझाई गर्दा समेत नटेरेपछि आइतबार साँझबाट सुरक्षाकर्मीहरुले बल प्रयोग गर्न थालेका छन् । अहिले सडकमा नेपाली सेनासहित नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग खटिएका छन् ।

आइतबारको बैठकले मानिसहरु भीडभाड हुने चोक तथा ठाउँहरुमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको थियो । अहिले प्रहरीले विनाकारण सडकमा निस्कीने मानिसहरुलाई सामान्य बल प्रयोग गर्दै हटाउने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार