चीनबाट स्वास्थ्य सामाग्री लिएर स्वदेश फर्कियो नेपाल एयरलाइन्सको जहाज



काठमाडौँ।

स्वास्थ्य सामाग्री र उपकरण लिएर नेपाल एयरलाइन्सको जहाज स्वदेश फर्किएको छ। चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधिक र अन्य मेडिकल उपकरण लिएर बिमान स्वदेश फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको निर्णय अनुसर जहाज औषधि र उपकरण लिन चीन पठाइएको थियो। भेन्टिलेटर, अक्सिजन प्लान्ट, सर्जिकल तथा एन ९५ मास्क लगायतका १९ प्रकारका उपकरण ल्याउनेगरी जहाज पठाइएको थियो।

स्वास्थ्य सामाग्री ल्याउन परराष्ट्र मन्त्रालयमार्फत भारत, बंगलादेश र म्यान्मार लगायतका मुलुकसँग समन्वय गरेर चीन उडान गरिएको थियो।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार