कोहलपुर प्रहरीको बेवास्ताका कारण आन्दोलन उग्र बन्दै, प्रदर्शन जारी



कोहलपुर :  बुधबार बिहान टिप्परले एक महिलालाई ठक्कर दियो ।  टिप्परको ठक्करबाट कोहलपुर नगरपालिका ९ की रामपति थारुको घटनास्थल मै निधन भयो ।  दोषिलाई कारबाहीको माग गर्दै पीडित पक्षले ४ घण्टा आन्दोलन गरे ।

पछि प्रहरीले दोषि माथि  कारबाही गर्ने टिप्पर मालिकलाई कोहलपुर झिकाएर पीडित पक्षका माग सम्बोधन गर्ने निर्णय पछि आन्दोलन स्थगित भयो ।  तर बिहिबार बिहान पनि माईक्रो बसले अटो रिक्सालाई ठक्कर दिदाँ अटो चालकले ज्यान गुमाए । त्यसपछि कोहलपुरमा पुनः आन्दोलन शुरु भयो ।

अहिले पनि आन्दोलन हुदाँ यहाँको सवारी साधान पूर्ण रुपमा ठप्प छन् ।  यसमा ईलाका प्रहरी कार्यालयको समन्वयकारी भूमिका मजबुत हुनु पर्ने हो । तर  प्रहरीको बेवास्ताका कारण कोहलपुर प्रत्येक दिन अशान्त बन्दै गएको छ ।

पीडित पक्षको माग सम्बोधन गर्न कोहलपुर प्रहरी असफल भएको छ । हिजो मात्रै कोहलपुर प्रहरीका डिएसप िकुलदेव चन्दले टिप्पर मालिकलाई बोलाएर पीडित पक्ष सँग वार्ता गरी क्षेतिपूर्ती दिलाउने र दोषि माथि मुद्धा चलाउने  बताएका थिए । तर टिप्पर मालिक अझै सम्म कोहलपुर आइपुगेका छैनन् ।

थारुका आफन्त पुनः आन्दोलन गरिहेका छन् ।  सवारी आवामन ढप्प भएको छ ।  यता बिहीबार विहान भएको घटनामा समेत पीडित पक्षले बसका मालिकलाई ल्याएर वार्ता गर्न आग्रह गरेका थिए ।

तर उनी अझै पनि  कोहलपुर प्रहरीको सम्पर्कमा आएका छैनन् । पीडित पक्षले प्रहरीले मागको बेवास्ता गरेको भन्दै आन्दोलन गरिहेका छन् ।

यसरी हेर्दा प्रहरी कै कारण आन्दोलन चर्किदै गएको छ । जतिबेला पनि अप्रिय घटना हुन सक्ने सम्भावना बढ्दै गएको छ ।

कोहलपुर प्रहरी पीडितका मागका सम्बन्धमा गम्भीर नेदेखिएको स्थानीयले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २९ गते बिहीबार