कोहलपुर ।
माघ १ गते थारु समुदायले मनाउने माघी वर्षको जिल्लाभरी नै रौनक त थियो नै कोहलपुरमा जारी महोत्सवमा समेत देखियो । एक त महोत्सव स्थलमै थारु गाउँ विषेश आकर्षण छ । जुन महोत्सवमा आउने दर्शकको मुख्य आकर्षकका रुपमा रहेको छ । माघीको दिन थारु समुदायका बालबालिका देखी बृद्धबृद्धासम्म परम्परागत पोशाकमै उपस्थित थिए । महोत्सवमा दिनप्रतिदिन दर्शक समेत बढ्दै गईरहेका
छन् । कोहलपुरमा जारी तेस्रो घरेलु महोत्सवमा बुधबार बद्रि पंगेनीले विषेश प्रस्तुती समेत दिए ।
देशभर हुने महोत्वसमा वियोगान्त गित गाएर महिला तथा बृद्धबृद्धाहरुको विषेश आकर्षण हुने गरेका पंगेनीले कोहलपुरमा पनि उस्तै प्रकारका गित गाएर रमाईलो गरे । महोत्सवको सातौं दिन कोहलपुर आएका बद्रीले सांगितिक प्रस्तुती दिईरहँदा महिला तथा बृद्धबृद्धा भावुक भएका थिए । निकै भावुक मुद्रामा मञ्च उक्लीएका बद्रीले मर्मस्पर्शी गित गाउँदा महोत्सव अवलोकन गर्न आएका दर्शकहरु भावविह्वल भएका थिए । मर्मस्पर्शी गितका अलावा बद्रीले आफ्ना चर्चित गित समेत गाए ।
हजारौं दर्शकका बीच बद्रिसँगै अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो दमदार प्रस्तुती दिएका थिए । महोत्सवमा बद्रिका अलावा, भुमिका गिरी, सुनिता दहित,दिपेन्द्र वली र निसा पुरी ले आफ्नो प्रस्तुती दिएका थिए । यसैबीच महोत्सवको आठौं दिन (बिहिबार) चर्चित गायक पशुपति शर्मा, टिका पुन र हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल कोहलपुर आउने भएका छन् । पछिल्लो पुस्ता निकै रुचाईएका हाँस्य कलाकार पोखरेल कोहलपुर आउने भएपछि बिहिबार समेत दर्शकको उपस्थिती बाक्लो हुने महोत्सवको कला साँस्कृतिक उपसमितिका संयोजक रामु लम्सालले बताए








प्रतिक्रिया दिनुहोस्