विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु



कोहलपुर :
बाँकेको कोहलपुर नगरपालिकामा रहेको प्याव्सन कोहलपुरको आयोजनामा अन्तर विद्यालय स्तरीय फूटबल प्रतियोगिता सुरु भएको छ ।

प्याव्सन सँग आवद्ध विद्यालयमा अध्यययनरत विद्यार्थीहरुको क्षमता गर्ने कार्यक्रम अन्तर १४ वर्ष मुनीका विद्यार्थीको सहभागिता रहने गरी अन्तर विद्यालय स्तरीय फूटबल प्रतियोगिता सुरु भएको हो ।

शनिबार एक कार्यक्रमका बीच प्रतियोगिताको कोहलपुर नगरपालिका अन्तर्गत शिक्षा शाखा प्रमुख अनन्त कुमार पौडेलले प्रतियोगिताको उद्घाटन गरे ।

१५ वटा विद्यालय सहभागी प्रतियोगिताको दोस्रो दिन आईतबार पहिलो चरणमा छात्रा फूटबल प्रतियोगिता हुने र त्यसपछि फाईनल हुने बताईएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस १२ गते शनिबार