कोहलपुर इलाका प्रहरी घेराउ, स्थिती तनावग्रस्त



कोहलपुर ।

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका गम्भिर घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो ।

स्कुले बालिका ट्रक ठक्करबाट गम्भिर घाइते भएपछि विद्यार्थीहरुको समूहले उक्त ट्रकमा आगजनी गरेका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । आक्रोशित समूह र प्रहरीबीच ढुंगा अहिले ढुड्गा हानाहान भइरहेको छ ।

दर्जनौं गाडीहरु बीच सडकमै रोकिादा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् । अहिले विद्यार्थीहरुले कोहलपुर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् भने एक सय भन्दा बढि असुली ग्यास प्रहार गरिसेकेको ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार