कोहलपुरमा १ हजार मतगणना : नेकपाका रामशरण जित नजिक



कोहलपुर । 

कोहलपुरमा नेकपाका उम्मेदवार राम शरण थारु जित नजिक पुगेका छन् । अहिले सम्मको नतिजा अनुसार उनी जित नजिक पुगेका हुन् । अहिले सम्म एक हजार मत गणना भईसकेको छ ।

कोहलपुरमा जम्म १ हजार ६ सय ३४ मत खसेको छ । श्री कृष्ण थारु रामशरणको पछि पछि रहेका छन् । अहिले सम्मको नतिजा अनुसार १ हजार सय मत गणना भईसकेको छ ।

नेकपा निरन्तर अघि छ भने नेपाली काग्रेस पछि पछि छ । पाँच दलले सहभागिता जनाएको चुनावमा अहिले ससय गणना सकिएको छ । अहिले सम्मको नतिजामा नेकपाका राम शरण थारुले ४ सय ९० मत प्राप्त गरेका छन् ।

भने नेपाली काँग्रेसका श्री कृष्ण थारुले ४ सय ५५ मत प्राप्त गरेका छन् ।

राप्रपाका श्रीधर सुवेदीको ३५ मत रहेको छ । अहिले सम्म २ वटा मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । नेमकिपाले ४ मत प्राप्त गरेको छ । समाजबादी पार्टीले २ मत प्राप्त गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार