कोहलपुर।
बाँकेको कोहलपुर वडा नम्बर ६ को वडा अध्यक्षको लागि भईरहेकोे मतदानमा निकै उत्साह देखिएको छ ।
मतदान स्थलमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति देखि बिरामी समेत भोट दिन आएका छन् ।
कोहलपुर ५ मा रहको सिदार्थ आधारभूत विद्यालय मतदान स्थलमा ९० वर्षीय ठूली थारु समेतले मतदान गरिन् ।
राम्रो सँग हिनडुल समेत गर्न नसक्ने उनलाई साईकलमा मतदान स्थलमा पु¥याईएको थियो ।
१४ हजार ४६ मत खस्दा सम्म उनी सबै भन्दा जेष्ठ हुन् ।
कोहलपुरमा नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी , राप्रपा र नेमकिपा उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । यस वडामा नेपाली काँग्रेसका रामसोहन थारुको निधन भएको थियो ।
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार








प्रतिक्रिया दिनुहोस्