सम्पादकीय : बालविवाह रोकौँ



नेपालको प्रमुख सामाजिक अपराध रुपमा रहेको छ बालविवाह । यो एक सामाजिक तथा सांस्कृतिक कुप्रथा समेत हो । अन्धविस्वास,चेतनाको अभाव जस्ता कारणले वर्षेनी ठूलो सख्यामा बालविवाह हुने गरेको छ । २० वर्ष नपुगि विवाह गर्न नपाईने व्यवस्था गरिएको छ नेपालको संविधानमा । कानुनी रुपमा बालविवाह गर्न नपाईने व्यवस्था गरिएपनि बालविवाह भईरहेको छ । फलस्वरुप नेपालमा किशोरी आमाहरुको संख्या बढ्दै छ । सरकारी तवरबाट बादविवाह न्युनिकरणका लागि प्रयास नथालिएको होईन । तर यसको न्युनिकरण हुन सकेको अवस्था छैन ।नेपाल बालविवाह विरुद्धको पक्ष राष्ट्र हो । त्यसैले बालविवाह न्युनिकरणको लागि ठोस कार्यक्रम लागु गरिनु पर्छ ।

अपरिपक्व उमेरमा विवाह भएमा निकै समस्याहरु हुने गर्दछन् । शारिरीक, मानसिक तथा संवदेनात्मक रुपमा निकै नराम्रा असरहरु हुन्छन् । सानै उमेरमा विवाह भएका कारण जिम्मेवारी समेत बहन गर्नुपर्छ । भने विद्यालय शिक्षा समेत प्रभावित हुने गर्दछ । तसर्थ शैक्षिक विकासमा समेत असर पर्न जान्छ । बालविवाह बालबालिका आफ्नै कारणले मात्रै हुदैन । अभिभावकहरुको सबैभन्दा ठूलो भूमिका रहेको बालविवाह हुनुमा । कतिपयले अभिभावक कै दबावमा विवाह गर्दा जीवन नै धरापमा परेका थुप्रै उदाहरण छन् हाम्रो समाजमा । तर पछिल्लो समय बढ्दो प्रविधिका कारण बालविवाहमा असर गरेको छ । सामाजिक संजाल समेत बालविवाहको कारण बन्न पुगेको छ । विद्यालय शिक्षामा र घर परिवारमा समेत नियन्त्रण नगरिदाँ वर्षेनी बढ्दो क्रममा रहेको छ ।

बालविवाह न्युनिकरण नै गर्न नसकिने पनि होईन । बालविवाह न्युनिकरणको लागि ठोस योजनामा भने आवश्यक विषय हो । सरकारले पनि यसका विरुद्धमा शसक्त रुपमा अघि बढ्नु पर्ने बेला भईसकेको छ । जनताको सबै भन्दा नजिकको सिंहदरबारको रुपमा रहेको स्थानीय सरकारले बालविवाहलाई कडाईका साथमा लिएमा मात्र बाल विवाह गर्ने क्रममा घट्नेमा दुईमत छैन । अर्कातिर जनचेतना फैलाउनु पर्नेआवश्यकता छदैछ । अभिभावकहरु समेत सचेत हुने बेला आईसकेको छ । प्रभावकारी निति नियम कार्यान्वयनको खाँचो छ । बालविवाह विरुद्ध बनेका कानुन लागु गरेमा मात्र पनि यो धेरै समय समस्याका रुपमा रहदैन । त्यसैले आजदेखि नै सबै बालविवाह बिरुद्धको अभियानमा सरिक होउ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ६ गते शुक्रबार