सम्पादकीय : उप–निर्वाचनको सहज बनाऔं



देशभर उप–निर्वाचनको रौनक सुरु भएको छ । उप–निर्वाचनको मिति नजिकिदै गर्दा देशभर चुनावको माहोल तातिएको छ । देशभर संघ, प्रदेश र स्थानीय तह गरी ५२ स्थानमा चुनाव हँुदैछ । दलहरुले चुनाव प्रचार प्रसार थालिसकेका छन् । मातहतका निकायमा सोही अनुसार पुर्व तयारी समेत भई सकेको छ । फेरी एक पटक देश उप–निर्वाचनमय हुन थालिसकेको अवस्था छ । उप– निर्वाचनलाई निकै प्राथमिकताका साथ तयारी भईरहेको छ । सरकारले समेत पुर्व तयारीलाई प्राथमिकताका साथ अघि बढाई रहेको छ । देशभर दैनिक जसो चुनावी सभा र कार्यकर्ता भेटघाट र आम सभा समेत भईरहेकै छन् । देशभर पुरानै परम्परा अनुसार नै दलहरुले प्रचार गरिरहेका छन् ।

आफ्नो पक्षमा कुनै पनि हालतमा नतिजा हात पार्र्नु उनीहरुको उद्देश्य देखिन्छ । विगतका चुनावका प्रचारका शैली हेर्दा निर्वाचन आचार संहिता भन्दा आफु खुसी दलहरुले प्रचार गर्ने गरेको ईतिहास छ । आफ्नो भनेपनि जस्तो पनि ठिक भन्ने चुनावी प्रचार शैली यहाँ भएको पाईन्छ । देश, जनताको आवश्यकता भन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिने गरेको तितो यर्थात हाम्रो माँझ छ । विशेष गरी चुनावको बेलामा नराम्रा गतिविधि समेत मौलाउने गर्दछन् । भड्किलो प्रचार शैली राजनितिक दलहरुको अर्को नकारात्मक पक्ष हो । यस्ता गतिविधि बिरुद्ध पक्कै पनि सरकारी सक्रियता आवश्यक रहेको छ । योग्य, सक्षम र क्षमतावानलाई जिताउनु पर्ने आवश्यकता हो ।

हाम्रो भन्दा पनि राम्रो व्यक्ति छान्नु नै मतदानको सही प्रयोग गर्नु हो । जुन पार्टीको भएपनि राम्रो छवि भएको योग्य व्यक्तिको विकल्प छैन । लामो समयको राजनितिक संघर्ष पार गरेर देश संघियता सम्मको यात्रामा आईपुगेको छ । नयाँ शासन व्यवस्था सँगै जनताका आशा र अपेक्षा असिमित छन् । उनीहरुले सुख, शान्ति र समृद्धि तथा विकास चाहेका छन् । नकी हत्या, हिंसा, बलात्कार र भष्ट्राचार जस्ता समाजका कु तत्व । त्यसैले अब हामी जनताले समेत एक पटक सोच्ने र राज्य बाट प्राप्त आफैले आफ्नो प्रतिनिधि छान्न पाउन अधिकारको सही प्रयोग हुनुपर्दछ । संवैधानिक अधिकारको सही प्रयोगले राम्रा प्रतिनिधि छानेमा देश विकासको सपना धेरै टाढा छैन । सिंगो राष्ट्रको गरिमा सँग जोडिएको सवालमा सबैको हातेमालो र सकारात्मक सहयोगको अपरिहार्य हाम्रा सामु छ । सके सहयोग गरौ, नसके नबिगारौ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २९ गते शुक्रबार