सामुहिक गौत्या प्रकरणको छानबिन गर्न राप्रपाको माग



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतको कटकुवामा ठूलो संख्यामा गाई मृत अवस्थामा भेटिएको घटनाको छानबिन गर्न माग गरेको छ ।

राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले शुक्रवार बिज्ञप्ति जारी गरि हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत भेटिनु दुस्खद, शंकास्पद र निन्दनीय भएको उल्लेख गरेका छन् ।

बिज्ञप्तिमा ‘यस घटनाको तत्काल छानबिन गर्न तथा यदि नियतवश यो जघन्य अपराध भएको हो भने दोषी पत्ता लगाई कडा कारबाही गर्न माग’ गरिएको छ ।

नेपालगञ्जबाट दैलेखतर्फ लगिएको भनिएको १५० गाईहरु मध्ये सुर्खेतको कटकुवा भन्ने ठाउँको जङ्गलमा शुक्रबार बिहान २३ बटा गाई मृत भेटिएको थियो भने केहि गाई घाइते भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १३ गते शुक्रबार