कोहलपुर।
बाँकेको कोहलपुरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा कवि सरिता तिवारीद्धारा एकल कविता बाचन सम्पन्न भएको छ । शनिबार प्रतिष्ठानको वार्षिक साधारण सभाको अवसर आयोजित एकल कविता वाचन कार्यक्रममा सम्पन्न भएको हो । उनले कविता मार्फत संघियता जसरी कागजमा निर्माण भएको त्यसै गरी कार्यन्वयनमा समेत चुनौती भएको आफ्नो कविता मार्फत चर्चा गरेकी थिइन् ।
हाम्रो समाजमा रहेका महिला र पुरुष विच सकरात्मक सोचको विकास गरेमात्र देशको समृद्धि बन्न सक्ने उनले कविता मार्फत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा सरिता तिवारीलाई तुलसीराम स्मृति पुरस्कार २०७५ बाट सम्मान पनि गरिएको थियो भने उनलाई पुरस्कारसंगै सात हजार सात सय ७७ रुपैयाँ समेत प्रदान गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीका अनुसार समाज, देश, राष्ट्र परिवतर्णमा साहित्यले महत्वपूर्ण योग्दान गरेको बताए । ऐतिहासिक परम्परालाई कायम राख्न तथा विभिन्न राजनैतिक घटनाक्रमलाई परिवर्तन गर्न समाजलाई जागरुक बनाउने कार्यमा साहित्यको जन्म रहेको रेग्मीले बताए ।
यस्तै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष महानन्द ढकालका अनुसार कोहलपुर नगर क्षेत्रको विकास र समृद्धिका लागि साहित्यको ठुलो योग्दान रहेको बताए । कार्यक्रममा तुलसीराम स्मृति पुरस्कारका प्रमुख संरक्षक सूर्य ढकाल, साहित्यकार सुमित्रा न्यौपाने, कपिल अञ्जान, सागर गैरे, पुष्करनाथ रिजाल, देवकी निरौला, विक्रम शिशिर, भावना पाठक लगायतको उपस्थीति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्