सल्यान ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडामा भएको भीषण आगलागीमा एकजनाको ज्यान गएको छ भने सिमपानीका ८ घर जलेर नष्ट भएका छन् । सिमपानीसम्म पुगेको आगो निभाउने क्रममा सिमपानीका ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ । आगोमा परेर त्यसै ठाउँका ४० वर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएका छन् ।
आगो नियन्त्रणमा लिन गाह्रो भइरहेको छत्रेश्वरी ६ का अध्यक्ष चुडामणि दसौतीले जानकारी दिए । शुक्रबार बिहानदेखि सल्किएको आगो बीचमा रहेको सिमपानी गाउँ घेरेर चारैैतिरको जंगलमा फैलिएको छ । यस्तै शारदा नगरपालिका ९ दुवेरी पुनटोलका ६३ वर्षीय गोवर्धन पुनको स्थानीय काफलखोली सामुदायिक वनमा भएको आगलागीमा परेर ज्यान गएको छ । वैशाख २४ गते घरबाट निस्किएका पुन परिवारको सम्पर्कमा नआएपछि खोजी गर्दा जंगलमा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर पंचलाल गोलेले बताए ।









प्रतिक्रिया दिनुहोस्