कोहलपुर/ बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड स्कुलले नयाँ शैक्षिक शत्रमा भर्न हुन आउने विद्यार्थीहरुको प्रवेश परीक्षा लिएको छ । आगामी शैक्षिक शत्र २०७६ का लागि सो प्रवेश परीक्षा लिइएको हो ।
गोरखाले नयाँ शैक्षिक शत्रलाई लक्षित गर्दै यहि चैत्र १७ गते देखि १९ गते सम्मका लागि प्रवेश परीक्षा फारम वितरण गरेको थियो । सो अन्तरगत स्कुलले शनिबार कोहलपुर वडा नम्बर–२ स्थित विद्यालयमा लिएको प्रवेश परीक्षामा कक्षा एलकेजीदेखि कक्षा नौ सम्म फारम भरेका विद्यार्थीको परीक्षा लिएको विद्यालयले जनाएकोछ ।
शनिबार सम्पन्न प्रवेश परीक्षामा परीक्षामा प्रदेश नम्बर ५, ६ र ७ का ३ सय १५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । गोरखाले लिएको प्रवेश परीक्षाको नतिजा भोली आइतबार (आज) दिउसोे प्रकाशन गर्ने जनाएको छ । गोरखा युनाइटेड स्कुल बाँकेकै नमुना विद्यालयका रुपमा परिचित छ ।









प्रतिक्रिया दिनुहोस्