बाँसगढी/ बर्दियाको बाँसगढी क्षेत्रको विकास र समृद्धिका कार्यक्रमहरुको साझेदारीको लागि तराई मधेश सम्वृद्धि कार्यक्रममा सझेदारीको प्रस्ताव गरिएको छ ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले तराई मधेश सम्बृद्धि कार्यक्रमका निर्देशक रामहरि शर्माको कार्यकक्षमा पुगेर बाँसगढी क्षेत्रको समृद्धि र विकासका कार्यक्रमहरुको बारेमा जानकारीसँगै २ योजनाका कार्यक्रममा साझेदारीको लागि प्रस्ताव गरेका छन् ।
समृद्धि कार्यक्रमका निम्ति बाँसगढी नगरपालिको मदाहा नेवाडामा बाढीले ५० बिगा बढी क्षेत्रफलमा रहेको घरबास र खेतीयोग्य जग्गालाई बगाएरको र त्यस क्षेत्रलाई जनताको तटबन्धनको रुपमा जोड्ने र घरबाँस र खेतियोग्य जमिन जोगाउदै नदि विकास गर्नुपर्छ भन्ने खालले प्रस्ताव गरिएको छ ।
त्यस्तै बाँसगढीको लक्ष्मणामा निर्माण भइरहेको तरकारी हाटबजार संकलन केन्द्रलाई पुरा गर्ने र किसानले उत्पादन गरेका तरकारीहरुलाई तरकारी हाटबजार सम्म पु¥याउने वातावरण मिलाई किसानलाई मुल्य दिने कार्ययोजना सहित साझेदारीका लागि तराई मधेश समृद्धि कार्यक्रमका निर्देशकलाई भेटेर प्रस्ताव गरिएको नगर प्रमुख सालिकरा अधिकारीले बताए । भेटका क्रममा तराई मधेश समृद्धि कार्यक्रमका निर्देशक शर्मा सकारात्मक देखिएको नगर प्रमुख अधिकारीले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्