जानकी, बाँके/ जानकी गाउँपालिकाले पहिलो पटक उपभोक्ता हित संरक्षण समिति गठन गरेको छ ।
जानकी गाउँपालिका क्षेत्रका बजार, व्यवसायको अनुगमन, निरीक्षण र दैनिक उपभोग्य वस्तुको निरानीका लागि गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालकको संयोजकत्वमा ७सदस्यीय समिति गठन भएको हो ।
जसको सदस्यमा धर्मा थापा, प्रतिनिधिमा जिल्ला प्रशासन, खाद्य गुणस्तर औषधी, जनस्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता सरक्षण संस्था प्रतिनिधि र कार्यालय शाखा प्रमुख सदस्य रहने गरी ७ सदस्यीय समिति गठन गरिएको हो ।
समितिले जानकी गाउँपालिका क्षेत्रका बजार, व्यवसाय, दैनिक उपभोग्य वस्तुको कालोबजारी, बजार मुल्य, गुणस्तरीयताका विषयमा अनुगमन र निरीक्षण गर्ने गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ कात्तिक २९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्