एकराज शर्मा (राज)
बागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन एवम समाजशास्त्र शिक्षण समिति अध्यक्ष
पूर्व मेचीदेखि पश्चिम महाकाली होस वा हिमालदेखि तराई सम्म होस सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको केन्द्र विन्दुमा रहेको पाँच नं. प्रदेशको मुटु मानिने ठाउँ हो कोहलपुर । विगतको इतिहासमा पनि मध्य तथा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको प्रवेशद्वार रहेको मुटुको रुपमा परिचीत ठाउँ हो
कोहलपुर । यस ठाउँमा पाईला नटेकेर अन्ने ठाउँ हिडडुल गर्न वा आवातजावत गर्न असम्भव नै छ । कुनैपनि जिल्लाको अवस्था चित्रण गर्नका लागि त्यस ठाउँ वा जिल्लाको आधारभूत कुरादेखि उच्च सेवा सुविधा हुनुपर्ने जरुरत पर्दछ ।
कुनै पनि जिल्लालाई परिचित गराउने तथा चित्रण गर्ने काम त्यस जिल्लामा रहेका शिक्षण संस्था, बाटोघाटो, पर्यकीय स्थल, यातायात राजमार्ग, हवाईमार्ग, स्वास्थ्य संस्थाहरु, खानेपानी, सुविधा युक्त बसपार्क, बिजुली, टेलीफोन दुरसञ्चार, कलेजहरुको अवस्था कस्तो छ भन्ने मूल्याङ्कन गरिन्छ । किनकी हरेक सेवा सुविधाको आधार बनाइन्छ । हाम्रो देशका ७७ जिल्ला मध्ये बाँके जिल्लाको नगरपालिका वा सहर उन्मुख ठाउँ पाँच नंम्बर प्रदेशको मुटु हो कोहलपुर । यस ठाउँबाट देशका विभिन्न ठाउँ मात्र होइन भारतमा जान पनि कोहलपुर केन्द्र विन्दु नै रहेको छ । चिनको मानसरोवर तिर्थयात्रा गर्न पनि कोहलपुर मुटुमा छ । यो जक्सन हो । यहाँ अत्याधुनिक अस्पताल कोहलपुर मेडिकल कलेज छ । जहाँ अस्पतालको सेवा सुविधा त छ नै एम.वि.वि.एस को पठनपाठन हँुदै आएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सरकारी आंगिक क्याम्पसका रुपमा +२ देखि स्नातकोत्तर तह सम्म पठनपाठन गर्ने सेमेष्टार प्रणालीको माध्यमबाट पठ्नपाठ्न गरी २०४८ सालमा स्थापीत दशौहजार जनशक्ति
उत्पादन गरी सक्षम, सबल तथा योग्य रोजगारमूलक जनशक्ति उत्पादन गरिरहेको वागेश्वरी बहुमुखी क्याम्पस रहेको छ । यहाँ हाल १५ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । जो कोहलपुरको सबैभन्दा जेठो तथा उच्च शिक्षा प्रदान गर्दै आएको सबैभन्दा उच्च शैक्षिक संस्था हो । त्रिभूवन विश्वविद्यालयका सम्बन्धन प्राप्त व्यवस्थापन सङकायको सञ्चालन गरेको कोहलपुर मोडेल कलेज, शिक्षा—व्यवस्थापन संङकायको बागेश्वरी एकेडेमी कलेज, शिक्षा सङ्काय सञ्चालनको डाइनामिक कलेज पनि रहेका छन् । तत्कालीन रामजानकी कलेज हालको ज्ञानमैत्री कलेज लगायत निम्बल कलेज पनि कोहलपुरमा नभएका होइनन् । यि सबै कलेजहरुको जेठो तथा उच्च शिक्षा प्रदान गरिरहेको बागेश्वरी बहुमुखी क्याम्पस २०७५ भाद्र १० भन्दा अगाडी त्रि.वि.को पब्लिक क्याम्पसका रुपमा सञ्चालित थियो । जसको नाम बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस थियो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सरकारी आंगिक क्याम्पसका रुपमा +२ देखि स्नातकोत्तर तह सम्म पठनपाठन गर्ने सेमेष्टार प्रणालीको माध्यमबाट पठ्नपाठ्न गरी २०४८ सालमा स्थापीत दशौहजार जनशक्ति उत्पादन गरी सक्षम, सबल तथा योग्य रोजगारमूलक जनशक्ति उत्पादन गरिरहेको वागेश्वरी बहुमुखी क्याम्पस रहेको छ ।
यस क्याम्पसले हाल शिक्षा, व्यवस्थापन तथा मानविकी सङ्काय सञ्चालन गरिरहेको छ । शिक्षा सङ्कायमा स्नातकोत्तर तह ४ विषयमा पठ्नपाठ्न गर्दै आइरहेको छ । एम.वि.एस., वि.एस्सी, वि.वि.ए. विषयहरु सञ्चालन गर्ने प्रक्रियामा रहेको छ । उता वि.ई. इन्जीनीयरीङ्ग, आई—आर, सोसीयल वर्क लगायतका विषयहरु सञ्चालन गर्ने प्रक्रियाको यो ठूलो शैक्षिक संस्थाले कोहलपुरलाई शैक्षिक हव बनाउन निकै महत्वपूर्ण भूमिका खेलेको तथा खेलिरहने कुरामा कुनै दुई मत देखिदैन । कोहलपुरको निकै पूरानो तर माध्यामिक एवम् उच्च माध्यामिक तहको विज्ञान, व्यवस्थापन, शिक्षा संङकाय, आई.टी. कार्यक्रम, वि.एस.सि.आई.टी., विशेष शिक्षा, खुल्ला शिक्षा लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको, कम्प्यूटर शिक्षा, शिक्षा विज्ञान लगायतको समेत कार्यक्रम भएको एक मात्र कोहलपुरको मुटुमा रहेको सरकारी विद्यालय हो त्रिभूवन नमूना माध्यामिक विद्यालय जसले अंग्रेजी तथा नेपाली माध्यमको पठ्नपाठ्नमा अब्बलता प्राप्त गरी नमूना विद्यालयको रुपमा नामाङ्कीकीत भई देशैभर चर्चा कमाएको छ ।
कोहलपुरको वडा नं. २ मा रहेको लक्ष्मी मा.वि. वर्दहवाले कृर्षि जेटीए लगायत कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन मानविकी सङ्काय स्पोर्ट साइन्स सञ्चालन गरी आम जन सरोकारवालाको ध्यानलाई केन्द्रित गरिरहेको राम्रो शैक्षिक संस्था हुन सफल भएको सर्वविदितै छ । विद्यालय २०४१ सालमा स्थापना भएपनि २०६५ सालदेखि +२ तर्फ शिक्षा, व्यवस्थापन तथा विज्ञान सङ्कायको पठ्नपाठ्न गर्दै आएको हाल २०७५ सालदेखि सिभिल इन्जीनीयरीङ्गको पठ्नपाठन गराईरहेको एकमात्र विद्यालय हो कोहलपुर १२ चपरगौडीको ज्ञानज्योति माध्यामिक विद्यालय जसले भर्खरै आफनो फड्को मार्ने जमर्को गरेको छ । कोहलपुर नगरपालिकाको अर्को सरकारी विद्यालय सगरमाथा ज्ञानकपुञ्ज जहाँ +२ तर्फ शिक्षा तथा व्यवस्थापन सङकाय पठ्नपाठ्न गर्दै आइरहेको छ ।
संस्थागत विद्यालय तर्फ सबैभन्दा पूरानो +२ तर्फ शिक्षा, व्यवस्थापन तथा विज्ञान एवम् कमप्युटर विज्ञान सञ्चालन गर्दे आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा परिचीत विद्यालय हो रामजानकी मा.वि. विद्यूत रोड । अर्को विज्ञान तथा व्यवस्थापन सङ्काय सञ्चालन गरीरहेको शैक्षिक संस्था हो गोर्खा यूनाइटेड वोडीङ स्कूल रझेना । विज्ञान तथा व्यवस्थापन सङ्काय भर्खरै सञ्चालन गरेको शैक्षिक संस्था हो वागेश्वरी एकेडेमी स्कूल चटार, +२ मा शिक्षा, व्यवस्थामन होेटेल म्यानेजम्यान्ट, लगायतका सङ्कायहरु सञ्चालन गर्दै आइरहेको संस्थागत विद्यालय हो बालविद्या मन्दीर मा.वि.कोहलपुर ।
यसैगरी शिक्षा तथा व्यवस्थापन सङ्काय सञ्चालन गर्दै आइरहेको सरकारी विद्यालय हो राम मा.वि. हवलदारपुर । लगायत आधारभूत देखि कक्षा १० सम्म सञ्चालन गरीरहेका कैयन ख्याति प्राप्त विद्यालय पनि रहेका छन् । विद्यालयमा नयाँ शैक्षिक सामाग्री प्रयोग गर्ने विद्यार्थीले कापीकलम बोकेपनि झोला बोक्न नपर्ने, विद्यालयमा ए.सी व्यवस्था भएको एकमात्र स्वईमीङ पूल निर्माणगरी बालबालिकाको रमणीय वातावरणमा पठ्नपाठ्न गर्दै आइरहेको संस्थागत विद्यालय जसले निकै छोटो समयमा धेरै फड्को मारेको शैक्षिक संस्था हो तक्षशिला एकेडेमी
कोहलपुर । खेलकुद क्षेत्रमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त हजारौ विद्यार्थी कमजोर विद्यार्थीको स्तर, क्षमता, कौशलतामा दक्षता प्राप्त गर्ने वातावरणमा रहेको पूरानो संस्थागत विद्यालय हो दीपज्योती विद्याश्रम मा.वि. चपरगौडी । अर्को संस्थागत विद्यालय ग्रिनपिस मा.वि.,बालज्योती मा.वि., ने.रा.मा.वि. खडगवार, डि.भी.एस. मा.वि, वेयस्टर्न मा.वि., नमूना विद्यासदन मा.वि., गुठीद्धार सञ्चालित कोहलपुर मा.वि., सरकारी कृष्ण मा.वि. विपी मेमोरिएल मा.वि., ज्ञानज्योति मा.वि. वगीया कोहलपुर लगायतका विद्यालयहरुमा हाल दशौहजार भन्दा माथि विद्यार्थीहरु अध्ययन गरीरहेका छन् । त्यसैगरी पञ्चमुखी मा.वि., व्रिजइन्टर नेशनल मा.वि. पनि त्यतिकै विकास भइरहेका छन् ।
भेरी नसिङ्ग कलेज, नेपालगञ्ज नरसीङ्ग कलेज, नोवेल टेक्नीकल कलेज लगायत थुप्रै कलेजहरुले विभिन्न जनशक्ति उत्पादन गरीरहेका छन् । सी.टी.ई.भी.टी. बाट सम्बन्धन प्राप्तगरी साधारण तथा व्यावसायिक एवम् प्राविधिक धारको पठ्नपाठ्न कोहलपुरमा भईरहेकोले देशैभरका विद्यार्थीहरु पढ्ने ठाउँ बनेको छ । कोहलपुर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा नेपाल, भारत, वंगलादेश लगायत अन्य मुलुकबाट आई एम.वि.वि.एस. अध्ययन गरिरहेको इतिहास छ । बागेश्वरी बहुमुखी क्याम्पस पनि उच्च शिक्षा प्राप्त गर्नका लागि देश विदेशका विद्यार्थीहरु आउने सम्भावना बढेको देखिन्छ । प्राविधिक शिक्षालयको पठ्नपाठ्न भईरहेको छ । नेपाल टेलिभिजन प्रदेशस्तरिय शाखा कोहलपुरमा रहेको छ । जसले सम्पूर्ण गतिविधिहरु संसारभर सम्प्रेषण गरिरहेको छ । कोहलपुर एफ.एम., प्रतिबोध एफ.एम., उज्यालो सञ्चार एफ.एम. लगायतका सञ्चारका माध्यामहरु सञ्चालित छन् । निकै पूरानो बहुचर्चित मिशनटुडे राष्ट्रिय दैनिक, पिपलबोट राष्ट्रिय दैनिक, कोहलपुर टाईम्स साप्ताहिक, यूगयान राष्ट्रिय दैनिक, मार्गरेखा राष्ट्रिय दैनिक, लगायतका पत्रपत्रिका जुन राष्ट्रको चौथो अंगका रुपमा काम गरी शैक्षिक बढावा दिइरहेका छन् ।
हिजो मैले २०५५ सालमा देखेको कोहलपुर र आजको २०७५ सालको कोहलपुर एवम् २०९५ सालको कोहलपुरमा आकाश र पाताल भएको छ र हुनेछ यो कुरा बुझ्नु जरुरी छ । हाल अग्रजहरु, नेताहरु एवम् यूवाजमात र शिक्षाविज्ञ, विषयविज्ञ लगायतका व्यक्तिहरु स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरोस् कोहलपुर र यसको भविष्यको बारेमा जिम्मा प्रदान गर्नु आवश्यक छ ।
त्यसैगरी कोहलपुरमा मानसरोबर पार्क, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, अत्याधुनिक बधशाला, डुडुवालाई तटबन्धनगरी पर्यटकहरुलाई रमणीय डुङ्गा सवार गर्ने गरी वातावरण तयार भइरहेको छ । अत्याधुनिक सीटीहल लगायत कोहलपुर चौराहलाई नेपालकै स्तरिय चौराह बनाउने जमर्कोमा लाग्नु आवश्यक देखिन्छ । तत्कालीन समयदेखि हालसम्म शिक्षा क्षेत्रमा धेरै दान दिनु बागेश्वरी बहुमुखी क्याम्पसले लगाएको २०६६ को महायज्ञमा जग्गादान गर्नुहुने दाता समाजसेवी, शिक्षाप्रेमी, राजनीतिज्ञ श्री भानुभक्त भट्टराई, यस क्षेत्रमा उच्च शिक्षा प्रदान गर्ने गरी संस्थाको स्थानान्तरण नेपालगञ्जबाट कोहलपुर गराई हाल जेठो ठूलो शैक्षिक संस्थाको रुपमा स्थापीत गर्ने शिक्षाप्रेपी हरिप्रसाद रावत, तत्कालीन गा.वि.स. अध्यक्ष तथा हाल नगरप्रमुख लुट बहादुर रावत, लगायत बलराम शर्मा, कृष्ण बहादुर कार्की, नरेन्द्र शर्मा पौडेल, शिक्षाप्रेमी नारायण प्रसाद सिग्देल, होमप्रकाश सुवेदी जस्ता व्यक्तिहरुले कोहलपुरलाई शैक्षिक हव बनाउनेमा शिलान्यास गरेका छन् ।
हाल यसलाई यूवाहरु नरेन्द्र न्यौपाने, अवराज खड्का, विरेन्द्र कुमार शाह, चक्र बहादुर अधिकारी, भूम भन्डारी, तेजप्रसाद अधिकारी, सूर्य ढकाल, तेजप्रसाद चापागाई, मन्जु कोइराला, गोपाल गिरी, दिनेश सिग्देल, अशोक पोख्रेर, तेजप्रसाद अधिकारी, अब्दुुल हुँसेन खाँ, डिल्ली शाह लगायतका व्यक्तिहरु तल्लीन रहेका छन् । त्यसैगरी जेठो संस्थालाई सरकारी बनाउन पहलगरी ठाडो आदेश प्रदान गर्ने तत्कालीन प्रधानमन्त्री संविधानका पिता शुशील कोइरालाकोे योगदानले पनि कोहलपुरलाई शैक्षिक हव बनाउन लागेको इतिहास छ । महायज्ञको बोल रकम हाम्रा दानदाता ज्यूहरुले वर्तमान समयमा प्रदान गरीरहनु भएको छ । जसबाट बागेश्वरी क्याम्पसले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको शैक्षिक प्राविधिक धार सञ्चालन गर्ने कुरामा विश्वस्त हुनु भएकाले पनि यो शैैक्षिक हव हुने कुरामा दुईमत देखिदैन । कोहलपुरको पिपरीमा राम्रो संस्थागत शैक्षिक संस्था सञ्चालनको हल्ला छ जसबाट अझ थप हुनेछ । कोहलपुरलाई शैक्षिक हव बनाउन साहित्यको क्षेत्रमा धेरै साहित्यकार, गजलकार र कथाकार उत्पादन गरी देशैभरी साहित्यबाट कोहलपुरलाई चिनाउने काम गरेको छ पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले ।
लेखनमा हात चलाएर कोहलपुर परिचित गराउने काममा विगतदेखि लागि रहेका सागर गैरे, शंकर अशान्त लगायत वर्तमानमा कलम चलाउने एकराज शर्मा, सूर्य ढकाल, कविन्द्र परियार, डिल्ली शाही लगायतको योगदानले पनि कोहलपुर परिचित छ । यसै यूवा जमात, यूवाटोली, यूवालेखक, साहित्य, एवम् राज्यको चौथो अंगले योगदान गर्दै गएमा कोहलपुर शैक्षिक हवसंगै अन्य साहित्य हव एवम् अन्य हव बन्नेमा कुनै शङ्का मान्नु पर्ने छैन ।
सयौँ विद्यालयहरु, कलेजहरु लगायत कोहलपुरको महत्वपूर्ण गहना भेरीशित भण्डार, विद्युत पावर स्टेशन, रोहीणी खोला भ्यू टावर लगायत बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर पनि रहेको पाइन्छ । नेपालगञ्ज–कोहलपुर
जोड्ने फोरल्याण्ड बाटो लगायत खानेपानी संस्थान, कोहलपुर न्यू सीटी, सिक्टा नहरले पनि यसलाई पर्यटकीय, रमणीय बनाउने संम्भावना छ । रोहीणी खोला तटबन्धन, डुडुवा खोला तटबन्धन गरी पर्यटकलाई डुंगा सयल गराउनु यसको अर्को आकर्षक हो ।
बागेश्वरी बहुमुखी क्याम्पसमा हाइड्रो पावर लगायत एम.फिल, विद्यावारीधिको पठ्न पाठन सञ्चालन गर्ने, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एम.डी.को पठ्नपानठ्न सुरु गर्ने हो भने कोहलपुर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको शैक्षिक हव हुने कुरामा आम नागरीकले शङ्का मान्नु पर्ने ठाउँ देखिदैन । कोहलपुरको न्यूरोडमा रहेको गोलपार्कमा अत्याधुनिक र प्रविधी यूक्त भ्यूटावर निर्माणगरी समग्र कोहलपुर मात्र होइन नेपालगञ्ज, खजुरा, बनकटवा, डिगीया, जीगाउँ, बाँसगढी, चिसापानी, नौवस्ता, देउराली डाँडा, घुइयाबारी डाँडा पिपरी लगायतकाृ ठाउँ एवम् बाँके राष्ट्रिय निकुञ्जको सहज अवलोकन गर्न मिल्ने दुरविनको प्रविधिबाट नजीक बनाए हेर्ने गरी भ्यू टावर निर्माण गरी पूर्वमेची, पश्चिम माहाकाली, हिमाल पहाड तथा तराईका मानिसहरु आन्तरिक पर्यटक मात्र होईन सार्क मुलुकका पर्यटक लगायत अन्य देशका पर्यटकहरुको रमणीय हुने सम्भावना छ कोहलपुरमा । भनिन्छ पोखरामा भैसी पनि अंग्रेजी बोल्दछ रे हो त्यस्तै गरी त्यो योजना सम्पन्न गरी कार्यसञ्चालनमा ल्याउन सफल भएमा यहाँको बाँदर, कुकुर मात्र होईन लामखुट्टे पनि चाइनीज, जापनीज, कोरीयन, अमेरीकन, अरेवीयन जस्ता भाषाहरु बोल्न पछि पर्दैनन् जस्तो लाग्दछ । हिजो मैले २०५५ सालमा देखेको कोहलपुर र आजको २०७५ सालको कोहलपुर एवम् २०९५ सालको कोहलपुरमा आकाश र पाताल भएको छ र हुनेछ यो कुरा बुझनु जरुरी छ हाल अग्रजहरु, नेताहरु एवम् यूवाजमात र शिक्षाविज्ञ, विषयविज्ञ लगायतका व्यक्तिहरु स्थानीय सरकारले स्थानिय पाठ्यक्रम निर्माण गरी लागु गरोस् कोहलपुर र यसको भविष्यको बारेमा जिम्मा प्रदान गर्नु आवश्यक छ ।
हामी जस्ता क्याम्पसका प्राध्यापकहरुलाई हिजोको कोहलपुर, सुनौलो कोहलपुर, शैक्षिक हवका रुपमा विकसीत कोहलपुरको स्थानीय पाठ्यक्रम निर्माण गर्न जिम्मा दिनु आवश्यक छ । शिक्षा क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्तिहरु, सञ्चार क्षेत्रमा लामो काम गरेका व्यक्तिहरु लगायत सुनौलो कोहलपुरमा चासो राख्ने आम कोहलपुर बासीहरु विच हातेमालो गरी राजनैतिक गन्धबाट टाढा बसी सहकार्य र सहमति गर्दै सम्पूर्णको बहस हुनु आवश्यक छ । यो स्थानिय सरकारको जिम्ेवारी हो कि कोहलपुरलाई शैक्षिक हवमा परिणत गर्ने ।
हाम्रो कोहलपुर हरेक ठाउँ, जिल्ला प्रदेशको प्रवेशद्धार हो । यहाँ शिक्षा प्राप्त गरी द्धारबाट बाहीर जाने वातावरण बनाउनु आम चासोको विषय हो । जसबाट कोहलपुरको भविष्य देशमा मात्र नभई विदेशमा पनि चिरपरिचीत बनाउन सकिन्छ । यातायातको ट्राइल परीक्षा कोहलपुरमा नै हुने भएकोले देशैभरका नेपाली दाजुभाईहरु यहाँ आउने बस्ने वातावरण बनेको छ । यो पनि कोहलपुर शैक्षिक हव हुने संम्भावनामा रहेको पाइन्छ ।
अव यस्तो अवधारणा हातमा हात मिलाउन स्थानिय सरकार, कोहलपुर उद्योग वाणीज्यसंघ, कोहलपुर नगर विकास लगायत अन्य सरकारी एवम् गैरसरकारी संघसंस्थाले ध्यान दिएर काम गर्ने र भविष्यमा कोहलपुरलाई शैक्षिक हव बनाउने कुरामा सहयोगी हातहरु मिल्नु आवश्यक छ । यी सबै कुराबाट के भन्न सकिन्छ भने कोहलपुर भविष्यमा नेपालकै परिचीत शैक्षिक हव बन्ने सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्